८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml

अब पाठेघर मुख क्यान्सरविरुद्ध खोप नियमित

चालु आर्थिक वर्षमा पुरै किशोरीलाई समेट्न नसकेको पाठेघर मुखको क्यान्सरविरुद्धको खोप (एचपिपिभी) आगामी आर्थिक वर्षदेखि नियमित हुने भएको छ।

खाद्य ऐन– २०२३ संशोधन : अखाद्य वस्तु बेचे पाँच वर्ष कैद

मानव स्वास्थ्यमा खेलबाड गर्दै अखाद्य वस्तु उत्पादन गरेर बिक्री वितरण गरे पाँच वर्षसम्म कैद सजाय हुने गरी सरकारले कानुन संशोधन गरेको छ।

नक्कली लाइसेन्स प्रकरण : सिआइबी निगरानीमा १० पूर्वमहानिर्देशक

नक्कली सवारी चालक अनुमतिपत्र (लाइसेन्स) प्रकरणमा यातायात विभागका पूर्वमहानिर्देशकहरू निगरानीमा परेका छन्।

राजस्वमा चक्रबहादुर बुढा विभागको महानिर्देशक

राजस्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगानाको सरुवा भएको छ। यसअघि कोटिभिटी मुद्दाका कारण विवादित बनेका ढुंगानालाई सरकारले प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा सरुवा गरेको छ।

घरजग्गा कारोबारमा अझै बढेन ‘कन्फिडेन्स’

अर्थतन्त्रका आन्तरिक तथा बाह्य सूचकहरु सकारात्मक देखिएको भए पनि अझै व्यावसायिक वातावरण निर्माण हुन भने सकिरहेको छैन।

आज कोशी र गण्डकीमा वर्षा, भोलि देशैभरको मौसम सफा रहने

कोशी र गण्डकी प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

घरजग्गाको वार्षिक पाँच खर्बको कारोबार लुकाइयो!

घर जग्गा किनबेचमा वार्षिक पाँच खर्ब बढीको कारोबार लुकाइएको दाबी व्यवसायीहरूले गरेका छन्।

सहाना स्मृति राष्ट्रिय महिला हक्कीको उपाधि आर्मीलाई

विभागीय टोली त्रिभुवन आर्मी क्लबले छैटौं सहाना प्रधान स्मृति राष्ट्रिय महिला हक्की प्रतियोगिताको उपाधि जितेको छ।

९ अर्ब लगानी स्वीकृत १६ अर्बको सम्झौता

विदेशी लगानीकर्तालाई आकर्षित गर्न सरकारले आयोजना गरेको तेस्रो लगानी सम्मेलनमा करिब २५ अर्ब रूपैयाँको लगानी स्वीकृत तथा सम्झौता भएको छ।

तातो हावाको लहर अझै बढ्ने

विगत केही दिनदेखि देशका अधिकांश भू–भागको अधिकतम तथा न्यूनतम तापक्रम क्रमिक रुपमा वृद्धि भइरहेकाले तातो हावाको लहर अझै बढ्ने भएको छ।

महिला हक्कीमा गण्डकी र आर्मी विजयी

गण्डकी प्रदेश र विभागीय टोली त्रिभुवन आर्मी क्लबले छैटौं सहाना प्रधान स्मृति राष्ट्रिय महिला हक्की प्रतियोगितामा जित निकालेका छन्।

हात्तीपाइले रोगविरुद्धकाे औषधि आइतबारदेखि

सरकारले वैशाख १६ गते (आइतबार) देखि सात जिल्लामा हात्तीपाइलेविरुद्धको औषधि खुवाउने भएको छ।

त्रिविमा तथ्यांक विश्लेषण र वैज्ञानिक लेखन तालिम

त्रिभुवन विश्वविद्यालय, त्रिवि जल तथा मौसम विज्ञान केन्द्रीय विभाग र चाइनिज एकेडेमीको संयुक्त पहलमा निर्मित काठमाडौं सेन्टर फर रिसर्च एन्ड एजुकेसन (केसिआरइ) को संयुक्त आयोजनामा तथ्यांक विश्लेषण र वैज्ञानिक लेखन सम्बन्धमा क्षमता अभिवृद्धि तालिम आयोजना गरिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्