१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

भेरी डाइभर्सन निर्माण कार्य ढिलो भयोः अध्यक्ष ओली

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भेरी बबई डाइभर्सन निर्माण कार्य ढिलो भएको बताएका छन्।

उनले मंगलबार बिहान बहुउद्देश्यीय उक्त आयोजनाको स्थलगत भ्रमणका क्रमामा उक्त कुरा बताएका हुन। महाकाली-मेची अभियानका क्रममा उनी आयोजना स्थल पुगेका थिए। 

अवलोकनपछि ओलीले आयोजनाको गुणस्तरमा सम्झौता गर्नु नहुने पनि बताएका थिए। उनले निर्माण कार्यमा केही ढिलाइ भएको उल्लेख गर्दै चाडो सम्पन्न गर्न आग्रह गरे।  

अध्यक्ष ओलीले प्रकृति, खोला, जमिनसँगको कारोबार भएकाले काममा कुनैपनि सम्झौता नगरी यथाशिघ्र सम्पन्न गर्नतर्फ ध्यानाकर्षण गराए। अध्यक्ष ओलीले गुणस्तरमा गरिने सम्झौताले ठूलो दुर्घटना निम्त्याउने भएकाले कुनै सम्झौता गर्न नहुने बताएका थिए।  

उनले भने ‘यो आयोजनाको ट्रनेलको ब्रेक थ्रु पनि हामीले जति कठिनाइ छ भन्ने ठानेको तर हाम्रो वैदिशक प्रविधि पनि भयो र वैदेशिक रेलिङ मेसिन पनि भयो। हाम्रा इन्जियिनर र हाम्रा काम गर्ने साथीहरु सबैको प्रयासबाट ट्रनेल ब्रेक थ्रु सयमा भयो। ३ वर्षअघि नै ट्रनेल ब्रेक थ्रु गरिएको हो। यो आयोजना कोभिड पनि ढिला गरेको हो। तर त्यो भन्दा बढी हाम्रो नेपालीहरुको काममा ढिलाइ गर्ने चलन भएको छ। तर यसलाई गति दिनुपर्छ।’

प्रकाशित: १९ मंसिर २०८० ०७:०७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App