नेकपा एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठक पार्टी कार्यालय आलोकनगरमा बसिरहेको छ।
पार्टी उपमहासचिव जगन्नाथ खतिवडाका अनुसार बैठकले राष्ट्रिय सभाको निर्वाचनको कार्यतालिका सार्वजनिक भइसकेको सन्दर्भमा पार्टीको महाधिवेशनको मिति सार्नेलगायत विषयमा छलफल हुनेछ।
बैठकमा अन्तरपार्टी निर्देशन (अपानि) मा नेताहरूको जिम्मेवारी हेरफेर, कार्यविभाजन र विभिन्न कमिटीमा मनोनयन लगायत आन्तरिक विवाद समाधान गर्न छलफल गरिने बताइएको छ।
पार्टीको संरचना र सामर्थ्य विस्तारका लागि आवश्यक रणनीति, देशभर सङ्गठन विस्तार तथा पार्टी आधारभूत तहसम्म स्थापित गर्न आवश्यक कार्ययोजना, समसामयिक परिस्थितिबारे छलफल गरिने बैठकले प्रदेश, क्षेत्र र भूगोलको सन्तुलन मिलाएर आवश्यक स्थानमा नेताहरूको जिम्मेवारी हेरफेर गरी सक्षमता र योगदानका आधारमा नेताहरूको जिम्मेवारी हेरफेर समेत गर्ने जनाइएको छ।
प्रकाशित: १८ मंसिर २०८० ०७:५६ सोमबार