२४ असार २०८१ सोमबार
image/svg+xml
राजनीति

एमालेको सङ्कल्प यात्रा सुरु

नेकपा एमालेको सङ्कल्प यात्रा आजबाट सुरु भएको छ। बैतडीको सीमाना झुलाघाटमा समृद्धीका लागि सङ्कल्प यात्राको पार्टी अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय झन्डाको फहराएर उद्घाटन गरेर सुरुआत गरेका हुन्।

झुलाघाटदेखि पूर्वको चिवा भज्याङसम्म पुष्पलाल मध्यपहाडी लोकमार्गमा एमालेले यात्रा गर्न लागेको हो। एमालेले यस सङ्कल्प यात्रालाई महाअभियानको रुपमा लिएको नेकपा एमालेका प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमले बताए।

यात्राको उद्घाटन गर्न एमालेका अध्यक्ष ओली, उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल, उपाध्यक्ष रामबहादुर थापा लगायतका नेताहरू झुलाघाट पुगेका छन्। मध्यपहाडी लोकमार्ग वरपरका स्थानीयसँग घुलमिल भएर उनीहरूको अवस्था बुझ्न र उनीहरूका शिक्षा, स्वास्थ्य लगायतका समस्या समाधानका लागि यो यात्रा उपलब्धीमुलक हुने गौतमले बताए।

मध्यपहाडी राजमार्गका जिल्लाहरूमा ठूलाठूला जनसभा, सन्देश सभा र भेटघाट लगायतका कार्यक्रम गरिने पनि उनले बताए।  

केन्द्रिय नेताहरूको टोलीमा यात्रा गर्ने १ सय ५० जना हुनेछन् भने प्रत्येक जिल्ला र प्रदेशमा स्थानिय नेता तथा कार्यकर्ता यात्रामा सहभागी हुनेछन्।

प्रकाशित: १४ मंसिर २०८० ०३:५८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App