संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस र प्रधानमन्त्री पुष्पकमल दाहालबीच विभिन्न समसामयिक विषयमा छलफल हुने भएको छ।
चारदिने औपचारिक भ्रमणमा नेपाल आएका राष्ट्रसङ्घका महासचिव गुटेरेस र प्रधानमन्त्री दाहालबीच आज दिउँसो २ बजे प्रधानमन्त्री कार्यालय सिंहदरवारमा भेटवार्ताको समय तोकिएको छ।
भेटवार्ताको क्रममा विश्व शान्ति, नेपालको प्रेस सोर्स, जलवायु परिवर्तन र त्यसले नेपालमा पारेको असर, अति कम विकसित राष्ट्रहरूसँग विकसित राष्ट्रहरुले गरेका प्रतिवद्धता पूर्ति र संयुक्त राष्ट्रसङ्घले गर्न सक्ने सहयोग, नेपालमा शान्ति प्रक्रियाको अवस्था लगायतका विषयमा छलफल हुने प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ।
गएराति १ बजे नेपाल आइपुगेका महासचिव गुटेरेसले आजै राष्ट्रपति रामचन्द्र पौडेलसँग पनि भेटवार्ता गर्नेछन्।
यस्तै महासचिव गुटेरेसले आजै पाटन दरवार क्षेत्रको पनि अवलोकन गर्नेछन् भने प्रधानमन्त्रीले आयोजना गर्ने रात्री भोजमा पनि उनको सहभागी हुने कार्यक्रम रहेको छ।
प्रकाशित: १२ कार्तिक २०८० ०७:३२ आइतबार