२६ पुस २०८२ शनिबार
image/svg+xml
राजनीति

राप्रपाका अध्यक्ष लिङ्देन स्वदेश फिर्ता

फाइल।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन स्वदेश फर्किएका छन्।

अध्यक्ष लिङ्देन पार्टी सम्बद्ध प्रवासी नेपाली एकता समाज (पानस) कतारको निमन्त्रणामा दोहामा भएको विविध कार्यक्रममा सहभागी भई आज स्वदेश फर्केका सो पार्टीका प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए।

उनका अनुसार अध्यक्ष लिङ्देनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यवाहक अध्यक्ष, वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ, कोषाध्यक्ष नीलकण्ठ काफ्लेलगायतका नेताहरूले स्वागत गरेका थिए।

उनी यही असोज १० गते दोहा प्रस्थान गरेका थिए।

प्रकाशित: १३ आश्विन २०८० ११:५१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App