१ माघ २०८२ बिहीबार
image/svg+xml
राजनीति

एमाले केन्द्रीय कमिटीको बैठक एकान्तकुनामा जारी, के छन् एजेन्डा ?

नेपाल कम्युनिष्ट पार्टी (एमाले) को केन्द्रीय कमिटीको दोस्रो बैठक ललितपुरको एकान्तकुनामा सुरु भएको छ।

एकान्तकुनास्थित म्याजेष्टिक ग्राण्ड प्यालेसमा बिहान ११ बजेदेखि बैठक जारी छ।

बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले समसामयिक राजनीतिक परिस्थिति र पार्टीको आगामी कार्ययोजनाबारे सम्बोधन गर्ने कार्यक्रम छ।

अध्यक्ष ओलीले केन्द्रीय कमिटीको प्रथम बैठकयता विकसित राजनीतिक घटनाक्रम, पार्टीले निर्वाह गरेको भूमिका र आसन्न आमनिर्वाचनको तयारीका विषयमा स्पष्ट पार्ने एजेन्डा रहेको एमाले प्रचार विभागले जनाएको छ।

यस्ता छन् बैठकका ५ मुख्य एजेन्डा

पार्टी नियमावलीमा संशोधन

बैठकमा पार्टी नियमावली संशोधनको प्रस्ताव पेश हुनेछ। २०८२ भदौ २०/२२ मा सम्पन्न दोस्रो विधान महाधिवेशन र मङ्सिर २७ देखि पुस ३ सम्म सम्पन्न एघारौँ राष्ट्रिय महाधिवेशनले गरेको विधान संशोधनका आधारमा नियमावलीमा आवश्यक परिमार्जन गर्न लागिएको हो।

महाधिवेशन खर्च विवरण र मितव्ययिता

एमालेले हालै सम्पन्न एघारौं राष्ट्रिय महाधिवेशनको आर्थिक प्रतिवेदन पनि बैठकमा पेश गर्ने भएको छ। चितवनमा सम्पन्न दशौँ राष्ट्रिय महाधिवेशनको तुलनामा एघारौं महाधिवेशन निकै किफायती भएको निष्कर्ष निकालिएको छ।

आवास र यातायातमा खर्च नभएका कारण अघिल्लो महाधिवेशनभन्दा करिब ३ करोड रुपैयाँ कम खर्च भएको जानकारी बैठकमा गराइने कार्यसूची छ।

केन्द्रीय सचिवालयले यसबीचमा गरेका निर्णयहरू अनुमोदनका लागि पेश गरिनेछन्। गत पुस १२ र २२ गते बसेका सचिवालय बैठकका निर्णयहरू, जुन अन्तरपार्टी निर्देशन (अपानि–१) मार्फत कार्यान्वयनमा गइसकेका छन्। तिनलाई केन्द्रीय कमिटीले अनुमोदन गर्नेछ।

एघारौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीका पदाधिकारी तथा सदस्यहरूलाई अध्यक्ष ओलीले प्रमाणपत्र वितरण गर्ने कार्यक्रम पनि आजको बैठकको कार्यसूचीमा रहेको छ।

प्रकाशित: २६ पुस २०८२ १२:५६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App