८ माघ २०८२ बिहीबार
image/svg+xml
राजनीति

सूचना प्रविधिबिनाको निर्वाचन सम्भव छैनः आयुक्त भण्डारी

निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन व्यवस्थापन कार्यमा सूचना प्रविधिको भूमिका महत्त्वपूर्ण हुने बताएका छन्।

प्रतिनिधि सभा सदस्य निर्वाचनको मिति नजिक आएसँगै आयोगमा कार्यरत कम्प्युटर अपरेटरहरूका लागि काठमाडौँमा आयोजित दुई दिने एकीकृत निर्वाचन व्यवस्थापन सूचना प्रणाली तथा साइबर सुरक्षा सम्बन्धी तालिमको उद्घाटन गर्दै उनले आयोग निर्वाचन प्रक्रियामा प्रविधिको प्रयोगमा सजग र संवेदनशील रहेको बताएका छन्।

जेन जी आन्दोलनपछि फागुन २१ गते निर्वाचन मिति तोकिएसँगै कार्यवाहक प्रमुख आयुक्त भण्डारीले अध्यादेश मार्फत कानुनी व्यवस्था संशोधन भएपछि राष्ट्रिय परिचयपत्र प्रणालीसँग आयोगको मतदाता नामावली प्रणाली एकीकृत गरी मतदाता नामावली संकलन गरेको बताए।

साथै सूचना प्रविधि मार्फत फैलिन सक्ने मिथ्या सूचना, दुष्प्रचार तथा घृणास्पद अभिव्यक्ति न्यूनीकरण गर्न कर्मचारीको भूमिका महत्त्वपूर्ण हुने र निर्वाचन आचारसंहिता पालना, प्रचारप्रसार तथा मतदाता शिक्षा जनस्तरसम्म पुर्‍याउन प्रविधिको सकारात्मक प्रयोग गनुपर्नेमा जोड दिएका छन्।

आयोगले मतदाता नामावली दर्ता तथा व्यवस्थापन, इभेन्ट ट्र्याकिङ सिस्टम, उम्मेदवार खर्च व्यवस्थापन, अब्जर्भर  व्यवस्थापन, मनोनयन दर्तादेखि निर्वाचन परिणाम घोषणासम्म सूचना प्रविधिको प्रयोग गर्दै आएको बताए।

एकीकृत निर्वाचन व्यवस्थापन सूचना प्रणाली तथा साइबर सुरक्षा सम्बन्धी  तालिममा ७७ जिल्ला निर्वाचन कार्यालय तथा ७ वटै प्रदेश निर्वाचन कार्यालयका कम्प्युटर अपरेटरहरूको सहभागिता रहेको छ।    

प्रकाशित: १ माघ २०८२ १३:३१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App