२५ असार २०८१ मंगलबार
image/svg+xml
राजनीति

इमान्दारिताका साथ काम गर्दा कुनै तन्त्रले फरक पार्दैनः मेयर साह

फाइल।

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले स्वास्थ्यकर्मीहरुलाई देशभित्रै बस्ने वातावरण मिलाउन सरकारसँग आग्रह गरेका छन्।

मंगलवार दिव्य शताब्दी पुरुष डा. दासलाई नागरिक अभिनन्दन गर्दै उनले यस्तो आग्रह गरेका हुन्। उनले डा. दासलाई झैँ सरकारले अन्य चिकित्सकहरुलाई पनि सुरक्षाको प्रत्याभुति दिलाइ देशमै रहेर सय वर्ष बिताउनसक्ने वातावरण सिर्जना गनुपर्ने बताए। 

स्वास्थ्यकर्मीहरुको सुरक्षा गर्न देशमा कठिनाइ भइरहेको उनको भनाइ थियो। उनले एउटा व्यक्तिले आफ्नो पेशा इमान्दारिताका साथ गर्ने हो भने कुनै तन्त्रले केही फरक नपर्ने बताए।

उनले भने, ‘अहिलेको देशको स्थितिमा उहाँ जस्तो व्यक्तिको बारेमा काठमाडौं महानगरपाकिलाभित्रै नभएर देशभर नै उहाँको विशेषता र उहाँको प्रेरण मुल समारोह समितिले वर्षभर गर्ने कार्यक्रममा मुल सूचना प्रवाह गर्नसके नयाँ पुस्तालाई निकै प्रेरणा मिल्छ। विशेष गरी डाक्टर साव, नर्स, स्वास्थ्यकर्मीहरु, अहिलेको देशको स्थितिमा देशमै रहेर सय बिताउनसक्ने प्रेरणा जाओस्। अहिलेको स्थितिमा जुन स्वास्थ्यकर्मीहरु बाहिँरिँदै जाँदै हुनुहुन्छ, उहाँहरुको रक्षा र सुरक्षा गर्न कठिन परेको छ, उहाँजस्तै देशमै बसेर सेवा गर्न सकिन्छ भनेर स्वास्थ्यकर्मीहरुलाई सुरक्षाको व्यवस्था होस्। कार्यक्रमको शुरुमै के भनियो भन्दा पाँच वटा राजा, ३५ प्रधानमन्त्री भनियो। एउटा व्यक्तिले आफ्नो पेशा इमान्दारिताका साथ गर्न काममा निरन्तरता दिन कुनैपनि तन्त्रले केही फरक नपर्ने रेहछ।’

मेयर साहले देशबाट स्वास्थ्यकर्मीहरु पलायन भइरहेको विषयमा केन्द्र सरकारको ध्यानाकर्षण गराएका छन्।

प्रकाशित: ९ आश्विन २०८० १२:१९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App