१२ श्रावण २०८१ शनिबार
image/svg+xml
राजनीति

‘ज्ञानेन्द्र शाही जुम्लामा विकास होइन, राजा ल्याउन चाहन्छन्’

जुम्लामा गणतन्त्रवादी पक्षधरहरूले प्रतिनिधिसभा सांसद ज्ञानबहादुर (ज्ञानेन्द्र) शाहीले जुम्लामा विकास नभई राजा ल्याउने तयारी गरिरहेका आरोप लगाएका छन्।

उनिहरुले जुन व्यवस्थामा टेकेर शाही सांसद बने, त्यही व्यवस्थाको ध्वज्जी उडाउँदै राजा ल्याउन चाहेर जनतालाई धोका दिँदै आएको आरोप लगाएका हुन्।

प्रतिनिधिसभा सांसद छिरिङ ल्यामु लामा, संविधानसभा सांसद डिल्लीप्रसाद काफ्ले, पूर्व सांसद देविलाल थापाले संविधान दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै जनताले दुःख गरेर ल्याएको व्यवस्थालाई कुल्चन खोज्ने हर्कत राम्रो नभएको भन्दै आक्रोश व्यक्त गरे।

प्रतिनिधिसभा सांसद छिरिङ ल्हामु लामा तामाङले हजारौँ सहिदको रगतले ल्याएको संविधान र गणतन्त्र माथि धावा बोल्ने कसैलाई पनि छुट नभएको बताइन्।

‘चुनावी मैदानमा खोक्रो भाषण दिएर विकास गर्छु भन्ने ज्ञानबहादुर शाही अहिले राजा फर्काउने तयारी गरिरहेकाले जनताले बुझ्न जरुरी छ।’ उनले भनिन्।

व्यवस्था रहेमा हामी रहने भएकाले व्यवस्था विरोधी काम गर्ने जोकोहीको प्रतिकार गर्न आवश्यक रहेको उनको भनाइ थियो। उनले संविधान २०७२ को सुन्दर पक्ष भनेको जनजाति पिछडिएको क्षेत्रका मानिसहरुलाई संसद् भित्र जाने अवसर भएको बताए।

संविधानसभा सदस्य तथा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय नेता डिल्ली प्रसाद काफ्लेले राजावादीलाई निर्वाचन जिताउँदा जुम्लाको राजनीति ध्वस्त भएको धारणा राखे।

‘राजतन्त्रको नाइके ल्याउँछु भनेर कुर्लिनु सांसद ज्ञानेन्द्रको काम राम्रो होइन। जनता असन्तुष्ट हुनुको दोष ठूला र सत्ताधारी पार्टीले जिम्मा लिनुपर्छ।’ उनले भने।

संविधान दिवसको अवसरमा जुम्ला सदरमुकाममा र्‍याली सहित बजार समेत बजार परिक्रमा गरिएको थियो।

प्रकाशित: ३ आश्विन २०८० १४:३३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App