१२ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

नेकपा एमालेमा १५ सय सदस्य दोहोरो जिम्मेवारीबाट मुक्त हुँदै

नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले प्रदेश अधिवेशनमार्फत विभिन्न दोहोरो जिम्मेवारीका रहेका करिब एक हजार पाँच सय नेताहरूलाई एकल जिम्मेवारीमा राख्ने भएको छ। एमालेको गैरभौगोलिकसहित आठवटा प्रदेशको अधिवेशन गर्दै उनीहरूलाई दोहोरो जिम्मेवारीबाट एकल जिम्मेवारीमा ल्याउन लागेको हो। यसले गर्दा प्रदेशको कमिटीको आकार भने ६५ प्रतिशतसम्म घट्ने एमालेका नेताहरूले बताएका छन्। एमालेले स्थानीय तहमा जनप्रतिनिधि रहेका, जिल्ला अध्यक्ष र सांसद भएका, केन्द्रीय सदस्य वा र सांसद भएर माथिल्लो जिम्मेवारीमा रहेका व्यक्तिहरूलाई प्रदेशको अधिवेशनबाट जिम्मेवारीमुक्त गर्न लागेको हो।

एमालेका प्रचार विभाग प्रमुख एवं पोलिटब्युरो सदस्य राजेन्द्र गौतमले आठवटै प्रदेशको अधिवेशन गर्न लागेको र त्यसबाट कमिटीहरू चलयामान हुने बताए। उनका अनुसार वडा, पालिका, क्षेत्र, जिल्ला हुँदै केन्द्रको अधिवेशन गर्ने एमालेको पुरानो प्रचलनलाई यसपटक तोडेर प्रदेशबाट अधिवेशन सुरु गरेको हो।

ठूलो पार्टी भएकाले धेरै जसो जिम्मेवारी विहिन बस्नु परेको तथा, एकै व्यक्ति जनप्रतिनीधि तथा पार्टीको दोहोरो जिम्मेवारीमा हुँदा पार्टीको काम र जनप्रतिनिधिको काममा समेत असर परेकाले उनीहरूलाई एउटै जिम्मेवारी दिने तयारी गरेको हो। एमाले यो अधिवेशनमार्फत जिम्मेवारी नपाउने आधाभन्दा बढी माथिल्ला तहमा क्रियाशील रहेका नेतालाई तल्लो कमिटीमा झार्ने योजना बनाएको छ। ‘दोहोरो जिम्मेवारी रहेका नेताहरूलाई एउटा जिम्मेवारी दिने र जिम्मेवारी नपाएका र अर्को पार्टीबाट आएका नेताहरू प्रदेश अधिवेशनबाट व्यवस्थापन हुनेछन्,’ प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले भने।

एमालेका प्रचार विभाग प्रमुख एवं पोलिटब्युरो सदस्य राजेन्द्र गौतमले आठवटै प्रदेशको अधिवेशन गर्न लागेको र त्यसबाट कमिटीहरू चलयामान हुने बताए। उनका अनुसार वडा, पालिका, क्षेत्र, जिल्ला हुँदै केन्द्रको अधिवेशन गर्ने एमालेको पुरानो प्रचलनलाई यसपटक तोडेर प्रदेशबाट अधिवेशन सुरु गरेको हो।

एमालेले सम्पर्क समन्वय कमिटीबाहेक आठवटा प्रदेशको अधिवेशन असोजभित्र गर्नेगरी कार्यतालिका बनाएको छ। अहिले यी कमिटीमा एमालेका करिब तीन हजार नेता कार्यकर्ताहरूले जिम्मेवारी बहन गरिरहेका छन्।

सबै प्रदेशको अधिवेशन सकिएर नयाँ नेतृत्व चुनिदाँ कमिटीमा करिब दुई सय मात्र हुने सम्भावना रहेको छ। पार्टी केन्द्रीय कार्यालयले उपलब्ध गराएको कार्यतालिका अनुसार असोज १२ र १३ मा कोसी प्रदेशको विराटनगरमा अधिवेशन हुनेछ। त्यहाँ दोहोरो जिम्मेवारीमा रहेका तीन सय ५१ प्रदेशस्तरीय नेताहरू दोहोरो जिम्मेवारीबाट मुक्त हुनेछन्। त्यसो भएमा अधिवेशनबाट चार सय ७१ सदस्यीय प्रदेश कमिटीबाट एक सय ५१ सदस्यीय कमिटी बन्नेछ।

त्यसैगरी, असोज ५ र ६ गते मधेस प्रदेशको अधिवेशन तोकिएको छ। सो कमिटी बनाउँदा कम्तीमा एक सय ११ नेता कार्यकर्ताहरू बाहिर रहनेछन्। अहिले तीन सय १० सदस्यीय सदस्य रहेको सो कमिटी अबको अधिवेशनबाट एक सय ९९ सदस्यीय बनाउनेगरी तयारी भएको छ। असोज ८ र ९ गते हुने बागमती प्रदेशको अधिवेशनबाट कम्तीमा दुई सय १३ जना सदस्यहरूले दोहोरो जिम्मेवारीबाट मुक्त रहनेछन्।

अहिले बाग्मती प्रदेशका चार सय ५३ सदस्य रहेका छन्। यो कमिटीलाई दुई सय ४० सदस्यको बनाउने गरी तयारी थालिएको छ। युवा विद्यार्थीहरू रहेको उपत्यका विशेष प्रदेश कमिटीमा ४० भन्दा बढीलाई अलग बनाउने तयारी भएको छ। असोज १९ र २० मा हुने भनिएको सो अधिवेशनबाट एक सय ४० सदस्यीयबाट घटाएर बढीमा एक सय १ सदस्य वा ९० मात्रै बनाउने गरी तयारी थालिएको छ।

एमाले प्रचार विभाग सचिव गगन विष्टका अनुसार असोज १५ र १६ गते गण्डकी प्रदेशको अधिवेशन मिति तय भएको छ। गण्डकी प्रदेश पाँच सय ५५ सदस्य रहेको जम्बो कमिटी छ। यो अधिवेशनबाट एक सय ६५ सदस्यको बनाउने तयरी भएको छ। सो प्रदेशमा दोहोरो जिम्मेवारीमा रहेका तीन सय ९० भन्दा बढीलाई बिदा गर्ने र एकल जिम्मेवारीमा सिमित गर्ने भएको छ।

प्रदेश अधिवेशनको सुरुवात नै लुम्बिनी प्रदेशबाट हुने भएको छ। तीन दिनपछि अर्थात भदौ १६ र १७मा अधिवेशनको भव्य तयारी भैरहेको छ। पार्टी उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल, सचिव गोकर्ण विष्ट, पोलिटव्यूरो सदस्य ठाकुर गैरे, खिमलाल भट्टराई लगायतका केन्द्रीय नेताहरू समेत रहेका लुम्बिनी प्रदेशको अधिवेशनबाटै कम्तीमा तीन सय ७० जना नेतालाई दोहोरो जिम्मेवारीबाट मुक्त गरिदैछ। हाल पाँच सय ७५ सदस्यीय कमिटीलाई बढीमा दुई सयमा झार्ने तयारी रहेको छ।

अहिले बाग्मती प्रदेशका चार सय ५३ सदस्य रहेका छन्। यो कमिटीलाई दुई सय ४० सदस्यको बनाउने गरी तयारी थालिएको छ। युवा विद्यार्थीहरू रहेको उपत्यका विशेष प्रदेश कमिटीमा ४० भन्दा बढीलाई अलग बनाउने तयारी भएको छ।

असोज १० र ११ गते कर्णाली प्रदेशको अधिवेशन तोकिएको छ। त्यहाँबाट पनि कम्तीमा ९० जना वा त्यो भन्दा बढी कमिटीबाट विदा हुनेछन्। कर्णाली प्रदेशमा अहिलेको दुई सय २५ सदस्यीय कमिटी रहेको छ। त्यसलाई एक सय ३५ भन्दा पनि कम गर्ने तयारी छ।

त्यस्तै, भदौ २१ र २२मा सुदुरपश्चिम प्रदेशको अधिवेशनको तयारी गरिएको छ। सो प्रदेश कमिटीलाई तीन सय ७५ बाट एक सय ५५ सदस्यमा झार्ने गरी तयारी भैरहेको छ। सो प्रदेशमा दुई सय २० जना दोहोरो जिम्मेवारीमा रहकालाई विदा गर्ने तयारी छ।

यसैगरी मंसिरभित्र सम्पर्क समन्यव कमिटीअन्र्तगत रहेका प्रदेश सम्पर्क कमिटीहरूको अधिवेशन गर्ने तयारी गरिएको छ। सातवटै प्रदेश सम्पर्क कमिटीबाट पनि ५० प्रतिशतभन्दा बढीलाई पनि विदा गर्ने तयारी रहेको छ। साथै पेशागत संगठन र मजदुरबाट पनि केहीलाई विदा गरेर संगठनलाई चुस्तदुरुस्त राख्ने एमालेको तयारी छ।

अहिले प्रदेश अधिवेशनका लागि केन्द्रबाट नेताहरू खटिएका छन्। गण्डकीमा सचिव पद्यमा अर्याल, मधेशमा सचिव योगेश भट्टराई, कोशीमा सचिव रघुवीर महासेठ, वाग्मतीमा स्थायी कमिटी सदस्य गुरु बराल, गण्डकीमा सचिव गोकर्ण विष्ट, कर्णालीमा सचिव लेखनाथ भट्टलाई जिम्मेवारी दिइएको छ। उनीहरू अधिवेशन सम्पन्न गराउन र भूगोलमा भएका विवाद मिलाउन खटिएका छन्।

एमालेको प्रदेश कमिटीको अध्यक्ष हुनका लागि केन्द्रीय सदस्यहरूको पनि आकर्षण रहेको छ।  

प्रकाशित: १३ भाद्र २०८० ०१:५३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App