१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

शीतल निवासमा सर्वदलीय बैठक जारी, एमाले अनुपस्थित

राष्ट्रपतिको सरकारी कार्यालय शितलनिवासमा बसेकाे सर्वदलीय बैठक । तस्बिरःरासस

राष्ट्रपतिको सरकारी कार्यालय शितलनिवासमा सर्वदलीय बैठक जारी छ। राष्ट्रपति रामचन्द्र पौडेलले बोलाएको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले भने अनुपस्थित छ।  

एमालेबाहेकका दलहरुसँग राष्ट्रपतिले छलफल गरिरहेका छन्। सर्वदलीय बैठकमा संसद सुचारु गर्नेसहित समसामयिक राजनीतिक सन्दर्भमा छलफल भइरहेको छ। 

नेकपा एमालेले साउन १० गतेयता सदन अवरुद्ध गर्दै आएको छ। राष्ट्रपतिले सोबारे चासो राख्दै प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रमुख प्रतिपक्षी दलका अध्यक्ष केपी शर्मा ओली, प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेर राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सेनासँग यसअघि छलफल गरिसकेका छन्। सदन खुलाउन राष्ट्रपतिको सक्रियता बढाएका छन्। उता एमालेले भने राष्ट्रपतिले अनावश्यक चासो देखाएको भन्दै आजको बैठकमा सहभागी नभएको बताएको छ।

प्रकाशित: ५ भाद्र २०८० ०४:२१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App