१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
राजनीति

चार जिल्लाका सिडिओ फेरिए

गृह मन्त्रालयले चार जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) हरूको सरुवा गरेको हो  । मन्त्रालयले आज गरेको  निर्णयअनुसार चितवन, नुवाकोट, सप्तरी र धनुषाका प्रमुख जिल्ला अधिकारी  (सिडिओ)फेरिएका हुन।

सप्तरीका जिल्लाका प्रमुख जिल्ला अधिकारी  (सिडिओ)भुपेन्द्र थापालाई चितवनमा सरुवा गरिएको छ । त्यस्तै चितवनका  (सिडिओ) सुरेन्द्र पौड्याललाई नुवाकोटमा सरुवा गरिएको छ ।  नुवाकोटका (सिडिओ) किरण थापालाई सप्तरीको  (सिडिओ)को जिम्मेवारी दिइएको छ। 

त्यसैगरी धनुषाका  (सिडिओ) काशीराज दाहाललाई कारागार व्यवस्थापन विभागको महानिर्देशकमा सरुवा गरी कारागार व्यवस्थापन विभागका महानिर्देशक चक्रपाणि पाण्डेलाई धनुषाको सिडिओ बनाइएको गृह मन्त्रालयले जनाएको छ । 

प्रकाशित: ३० श्रावण २०८० १२:२९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App