४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
राजनीति

मुलुकको आर्थिक अवस्थाप्रति सरकार गम्भीर छैन: उपमहासचिव ज्ञवाली

फाइल।

नेकपा (एमाले) का उपमहासचिव प्रदीपकुमार ज्ञवालीले मुलुकको आर्थिक अवस्थाप्रति सरकार गम्भीर नभएको बताएका छन्। मुलुकले इतिहासकै कमजोर आर्थिक अवस्थाको सामना गर्नुपर्ने अवस्था आएको उनको भनाइ छ।

एमालेका नेता स्व जीवराज आश्रितको ८०औँ जन्मजयन्तीका अवसरमा आज बुटवलमा आयोजित विचारगोष्ठीमा उपमहासचिव ज्ञवालीले राजस्व सङ्कलन न्यून हुँदा कर्मचारीलाई समस्या भएको बताए। निर्माण व्यवसायीले काम पूरा गरेर पनि भुक्तानी पाउन नसकेको अवस्था रहेकाले सरकार यसप्रति गम्भिर हुनुपर्ने उनको भनाइ थियो।

उपमहासचिव ज्ञवालीले सुन काण्डमा जोडिएका व्यक्तिलाई उन्मुक्ति दिन नहुनेमा सरकारको ध्यानाकर्षण गराए। एमालेले भ्रष्टाचार छानबिनका लागि उच्चस्तरीय आयोग गठनको माग अघि बढाएको उनको भनाइ थियो।

कार्यक्रममा डा. मुरारी पराजुलीले प्रस्तुत गरेको ‘प्रगतिशील संस्कृतिको निर्माणमा जीवराज आश्रितको दृष्टिकोण’ विषयक अवधारणापत्रमा विचार व्यक्त गर्दै उपमहासचिव ज्ञवालीले पार्टीभित्र बढ्दै गएको अराजकता समाधानका लागि जीवराजको विचार अनुशरण गर्नुपर्ने बताए। रासस

प्रकाशित: १८ श्रावण २०८० १५:३० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App