२१ जेष्ठ २०८१ सोमबार
image/svg+xml
राजनीति

ललिता निवास प्रकरणमा थप तीन जना पक्राउ

ललिता निवास जग्गा प्रकरणमा थप ३ जना पक्राउ परेका छन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले आइतबार थप ३ जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा तत्कालीन वडा नम्बर ५का सचिव शिवजी भट्टराई, नक्कली मोही बाबुराजा महर्जन र तत्कालीन नापी कार्यालयमा रहेका घमानकुमार कार्की रहेका छन्।

यो प्रकरणमा भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, पूर्व निर्वाचन आयुक्त सुधिर शाहसहित ५ जना प्रहरी हिरासतमा छन्।

पछिल्लो समय प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ललिता निवास प्रकरणमा संलग्नलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ।

प्रकाशित: १७ असार २०८० १३:१२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App