१७ असार २०८१ सोमबार
image/svg+xml
राजनीति

साढे एक घण्टा ढिला गरी सुरु भयो कोशी प्रदेश सभा बैठक

कोशी प्रदेशसभाको बैठक सुरु भएको छ। बैठक दिउँसो एक बजेका लागि बोलाइएको भएपनि साढे एक घण्टा ढिला गरी सुरु भएको हो।

आजकाे बैठकमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत लिदै छन्। विश्वासको मत लिनु अघि मुख्यमन्त्री कार्कीले नेपाली कांग्रेस, नेकपा एकिकृत समाजवादीलगायत दलका संसदीय दलका नेताहरूलाई पत्राचार गरेर विश्वासको मत मागेका थिए।

तर,नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)ले विश्वासको मत नदिने र जनता समाजवादी पार्टीले तटस्थ बस्ने निर्णय गरिसकेका छन्। 

पार्टीहरुले मत नदिने र तटस्थ बस्ने निर्णय गरेसंगै कोशीमा कार्की नेतृत्वको सरकार ढल्ने निश्चित भएको छ।

प्रकाशित: १४ असार २०८० ०९:०५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App