५ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

‘बार्गेनिङ पावर’ बढाउन समाजवादी मोर्चा बनाउन लागेको रघुजी पन्तको टिप्पणी

प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले)का सांसद रघुजी पन्तले सत्ताभित्र ‘बार्गेनिङ पावर’ बढाउनका लागि मात्र मोर्चा बनाउन लागिएको टिप्पणी गरेका छन्।

उनले सो मोर्चाले मुलुकको राजनीतिलाई सुविचारित र उपयुक्त दिशा दिन भुमिका खेल्न नसक्ने बताए। सत्ता गठबन्धनभित्र आफ्नो पक्षलाई बलियो बनाउने मात्रै समाजवादी मोर्चाको तत्कालिक उद्देश्य रहेको बताए।

उनले भने, ‘म त्यसले आफ्नो औचित्य, राजनीतिक, सैद्धान्तिक रुपमा पुष्टि गर्छ भन्ने त देखिरहेको छैन। तर त्यसले सत्ताको संरचनाभित्र आफ्नो औचित्य पुष्टि गर्नसक्छ । सबै मिल्दाखेरी एउटा स्ट्रेन्थ त बन्छ। सत्ताको गणितलाई तलमाथि गर्न सक्ने एउटा स्ट्रेन्थ त बन्छ। त्यसको बार्गेनिङ क्षमता त बढ्न सक्ला। तर त्यसले मुलुकको राजनीतिलाई सुविचारित र उपयुक्त दिशा दिन भुमिका खेल्छ भन्ने सम्भावना चाहीँ अहिलेसम्म मैले देखेको छैन। आफ्नो पक्षलाई सत्ता गठबन्धनभित्र बलियो बनाउने नै उहाँहरुको तत्कालिक उद्देश्य देखिन्छ।’

प्रकाशित: ३ असार २०८० ११:५१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App