७ वैशाख २०८१ शुक्रबार
राजनीति

रास्वपा मध्यपुर थिमि नगरको सभापतिमा मानन्धर निर्वाचित

राष्ट्रिय स्वतन्त्र पार्टी मध्यपुर थिमि नगर समितिको सभापतिमा न्हुछेरत्न मानन्धर निर्वाचित भएका छन्। 

शनिबार मध्यपुर थिमिमा भएको नगर भेलाबाट मानन्धरको सभापतित्वमा १३ सदस्यीय कार्यसमिति निर्वाचित भएको हो।

नगर समितिको उपाध्यक्षमा स्मृति भटराई, सचिवमा मुशरी नेपाल र कोषाध्यक्षमा समिर पौडेल निर्वाचित भएका छन्। सदस्यहरुमा गुन्जना ढुंगाना, आराधना बर्मा, अमित दाहाल, सुवास कोइराला, शैलेस जोशी, नरेशराज बुद्धचार्य, श्याम जोशी, अश्विन खनाल र उषा प्रजाति चुनिएका छन्।

यसअघि भेलाको उद्घाटन पार्टीका उपनेता विराजभक्त श्रेष्ठले गरेका थिए। भेलामा पार्टी संसदीय सचेतक सन्तोष परियार, जिल्ला सभापति रामेश्वर बस्नेतलगायतले समसामयिक राजनीतिक विषयमा पार्टीको धारणा राखेका थिए।

पार्टीको हालसम्म जिल्ला समिति, चाँगुनारायण र सूर्य विनायक नगर समिति र अहिले मध्यपुर नगर समिति गठन भएको हो। अव भक्तपुर नगरपालिका नगर समिति मात्रै गठन गर्न बाँकी छ। यसको लागि पनि तयारी भइरहेको पार्टीले जनाएको छ। पार्टीले वडा समितिहरू पनि धमाधम गठन गरिरहेको छ।

प्रकाशित: २० जेष्ठ २०८० १०:०७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App