१९ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

राष्ट्रपति पौडेलले भारतीय प्रम मोदीलाई प्रचण्डमार्फत ‘गुड न्युज’ दिएः कमल थापा

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले नागरिकता विधेयक प्रमाणीकरणको विरोध गरेका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले आज विवादास्पद् नागरिकता विधेयक प्रमाणीकरण गरेका छन्।  

नेता थापाले उनले आज भारत भ्रमणकै दिन राष्ट्रपतिबाट नागरिकता प्रमाणीकरण हुनुलाई विधेयक कसलाई खुसी पार्न बनेको हो भन्ने प्रमाणित भएको बताएका छन्। विधेयक प्रमाणिकरणपछि सामाजिक संजालमा प्रतिक्रिया दिँदै उनले ष्ट्रपति पौडेलले भारतीय प्रम नरेन्द्र मोदीलाई प्रचण्ड मार्फत ‘गुड न्युज’ दिएको पनि बताएका छन्। नेता थापाले तत्कालीन राष्ट्रपति विद्या भण्डारीले राष्ट्रहित विपरित ठहरगरी रोकेको नागरिकता विधेयक राष्ट्रपति पौडेलले प्रमाणीकरण गर्नु राष्ट्रपति संस्था कै अपमान भएको पनि बताएका छन्।  

अहिले नयाँ चुनावबाट नयाँ जनादेश प्राप्त संसद आएको अवस्थामा संसदलाई वाईपास गरेर राष्ट्रपति पौडेलले ९महिना अघि निस्कृय भैसकेको विधेयक प्रमाणिकरण गर्नु संविधान र जनादेशको समेत अपमान गरेकाे नेता थापाले जिकिर छ।

उनी सामाजिक संजालमा लेख्छन्, 'प्रम प्रचण्डको भारत भ्रमणको दिन पारेर नागरिकता विधेयक प्रमाणित गर्नुले प्रष्ट हुन्छ, यो विधेयक कसलाई खुसी पार्न बनेको हो। राष्ट्रपति पौडेलले भारतीय प्रम नरेन्द्र मोदीलाई प्रचण्ड मार्फत ‘गुड न्युज’ दिनुभयो। राष्ट्रहित विपरित ठहरगरी तत्कालीन राष्ट्रपति विद्या भण्डारीले रोकेको नागरिकता विधेयक राष्ट्रपति पौडेलले प्रमाणीकरण गर्नु राष्ट्रपति संस्था कै अपमान हो। एउटा राष्ट्रपतिले अस्विकार गरेको निर्णय अर्को राष्ट्रपतिले ९ महिना पछि उल्टाउनु हास्यास्पद छ। यो राष्ट्रप्रति बेईमानी हो। तत्कालीन राष्ट्रपति भण्डारीले वैवाहिक अंगिकृत नागरिकता लगायत राष्ट्रहितका विभिन्न प्रश्नहरु उठाएर विधेयक रोकेकी थिईन्।

अहिले नयां चुनावबाट नयां जनादेश प्राप्त संसद आएको अवस्थामा संसदलाई वाईपास गरेर राष्ट्रपति पौडेलले ९महिना अघि निस्कृय भैसकेको विधेयक प्रमाणिकरण गर्नु संविधान र जनादेशको समेत अपमान हो। भारतीय नागरिकले नेपाली चेली विवाह गरेर लैजांदा उनले भारतको नागरिकता पाउन ७वर्ष कुर्नुपर्छ।राष्ट्रपति पौडेलले आज प्रमाणिकरण गरेको विधेयक लागु भएपछि नेपाली नागरिकले विवाह गरेको भारतीय महिलाले विवाह कै दिन नागरिकता पाउने छिन, सांसद मन्त्रि हुन पाउंछिन। नागरिकता कागजको खोस्टो बनाईयो

प्रकाशित: १७ जेष्ठ २०८० ०८:२३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App