coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

राप्रपा केन्द्रीय कार्यसमिति बैठक आह्वान

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले केन्द्रीय कार्यसमितिको पूर्ण बैठक आह्वान गरेको छ। आगामी जेठ १, २ र ३ गते काठमाडौंमा बस्ने गरी केन्द्रीय कार्यसमितिको पूर्ण बैठक आह्वान गरिएको पार्टीका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले जानकारी दिए।

उनका अनुसार उक्त बैठकमा अध्यक्ष राजेन्द्र लिङ्देनले समसामयिक राजनीतिक परिस्थिति र भावी कार्यदिशा सम्बन्धी राजनीतिक प्रतिवेदन पेस गर्नु हुनेछ भने पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले पार्टीको भावी रणनीति र कार्यनीति सम्बन्धी कार्ययोजना पेस गर्ने कार्यक्रम तय भएको छ।

यसैगरी सचिवालय प्रमुख हेमजङ गुरुङले सचिवालय सम्बन्धी र कोषाध्यक्ष नीलकण्ठ काफ्लेले आर्थिक प्रतिवेदन पेस गर्ने कार्यक्रम रहेको जनाइएको छ।

प्रकाशित: २८ वैशाख २०८० ०६:१५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App