नेकपा एमालेका सांसद गोकुल बाँस्कोटाले नक्कली भूटानी शरणार्थी सम्बन्धि भ्रष्टाचार मुद्दाको छानबिन निष्पक्ष हुनुपर्ने बताएका छन्।
मंगलवार संसद भवन बाहिर सञ्चारकर्मीहरुसँग बोल्दै सांसद बाँस्कोटाले दोषीले कानून अनुसार कारबाही भोग्नुपर्ने भन्दै सरकारले मन परेकालाई लुसुक मन नपरेकालाई पक्राउ पूर्जी जारी गर्न नमिल्ने बताए।
उनले भ्रष्टचारमा संलगन जाेकाेहीकाे नाम आए पनि किन्तु परन्तु नभनी कुनै दबाबमा नपरी काम गर्नुपर्ने बताए।
उनले प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीहरुको बीचको भेटलाई शंकाको दृष्टिकोणले हेर्न आवश्यक नभएको सुनाए।
प्रकाशित: २६ वैशाख २०८० १३:१२ मंगलबार