पूर्वसहरी विकासमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) की नेता रामकुमारी झाँक्रीले काठमाडौंमा भूकम्प आउँदा जम्मा हुने चौरसमेत नहुँदा समस्या भएको बताएकी छन्।
मङ्गलबार (आज) बिहान ६:५० मा आएको ७.१ म्याग्नीच्यूडको भूकम्पबारे भूमिका बाँध्दै उनले भनेकी छन्, 'बितेका दिनमा भएका घटना कति छिटो बिर्सन्छौँ ? काठमाडौंमा विपद्मा जम्मा हुने खुला चौर कहाँ छ ?'
उनले आफू सहरी विकासमन्त्री हुँदा यससँग सम्बन्धित केही योजनाहरू अगाडि बढाउन खोजेको तर, सरकारबाट हटिहाल्नुपर्ने अवस्था आएको बताएकी छन्।
'हाम्रो पालामा हामी Evacuate/Centre Open Park भनेर काठमाडौं उपत्याकाभित्र आठ ठाउँमा र घना बस्ती भएका काठमाडौं बाहिरका साना सहरहरूमा एउटा सहरमा कम्तीमा दुईवटा यस्ता पार्क बनाउने नीति र कार्यक्रम ल्याएका थियौँ,' उनले भनेकी छन्।
उनले यसबारे कुन-कुन ठाउँमा बनाउन सकिन्छ भन्नेबारे अध्यय गरिसकिएको बताइन्। 'कुन मोडालिटीमा काम गर्ने त्यो पनि फाइनल थियो। सबै सूचनाचाहिँ दिन चाहान्नँ म आज,' उनले भनेकी छन्।
प्रकाशित: २३ पुस २०८१ १४:५१ मंगलबार