१९ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

वर्तमान सरकार बजेट बनाउने चटारोमा छः भौतिकमन्त्री ज्वाला

भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले वर्तमान सरकार बजेट बनाउने चपेटामा रहेको बताएका छन्।

बिहीवार काठमाडौंमा आर्थिक पत्रकार संघ नाफिजद्वारा आयोजित ‘इलेक्ट्रिक मोबिलिटीः सजेसन्स फर पोलेसी एण्ड बजेट २०८०/८१’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै यस्तो बताएका हुन्।  

उनले सरकारमा आउने बित्तिकै आर्थिक चपेटामा रहेको अवस्थामा आगामी आर्थिक वर्षको बजेट बनाउने चपेटामा सरकार रहेको बताए।

उनले बजेट बनाउनलाई आर्थिक अवस्था राम्रो भएमात्रै बजेट राम्रो आउने जिकिर गरे। मुलुकको वर्तमान आर्थिक अवस्था अत्यन्त समस्या ग्रस्त रहेको उनको दाबी थियो। उनले भौतिक मन्त्रालयको चालु आर्थिक वर्षमा १६७ अर्ब रहेको बजेटमा घटेर आगामी आर्थिक वर्षको लागि अर्थमन्त्रालयले ११३ अर्बको मात्रै सिलिङ दिएको गुनासो गरे।

उनले चालु आर्थिक वर्ष र आगामी आर्थिक वर्षको मन्त्रालयको बजेटमा आकाश र पातालको फरक भएको भन्दै ठूला गौरवका आयोजनामा ५० प्रतिशत बजेट घटाउनु पर्ने अवस्था आएको उल्लेख गरे। 

मन्त्री ज्वालाले सरकारको आगामी नीति कार्यक्रम र बजेटमार्फत सार्वजनिक सवारीसाधनलाई विद्युतीयतर्फ लग्न प्राथमिकता दिने प्रतिवद्धता जनाएका छन्। सार्वजनिक सवारीलाई विद्युतीयतर्फ लैजाने गरी व्यवसायीलाई समेत आकर्षित गर्ने विषयमा सरकारले प्राथमिकतामा राख्ने उनको भनाइ थियो।

मन्त्री ज्वालाले अब आउने बजेटमा पनि यो विषयलाई प्राथमिकतामा राख्न महत्वपूर्ण भुमिका खेल्ने बताए।

प्रकाशित: २१ वैशाख २०८० १३:३३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App