७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
राजनीति

गृहमन्त्रीलाई बालेनको प्रश्न: कुन कानुन र नैतिकताका आधारमा अवैध संरचना संरक्षण गर्नु हुन्छ?

काठमाडौं महानगरका मेयर बालेन शाहले गृहमन्त्री नारायण काजी श्रेष्ठलाई कुन कानुन र नैतिकताका आधारमा अवैध संरचना संरक्षण गर्नु हुन्छ भन्दै प्रश्न गरेका छन्।

बुधबार सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै मेयर शाहले कुन कानुन र नैतिकताका आधारमा यस्ता अवैध संरचना संरक्षण गर्नु हुन्छ भन्दै प्रश्न गरेका हुन्।

'२०७६ साउन २० गते सम्मानित सर्वोच्च अदालतबाट बागमती, बिष्णुमती, मनोहरा र यीनका सहायक नदिहरुको जग्गा अतिक्रमण गरेर बनाइएका घरटहरा तथा संरचनाहरु भत्काएर नदिको स्वच्छता कायम गराउन तथा सार्वजनिक जग्गाको संरक्षण गर्न आदेश भएको थियो। आज फेरि उच्च अदालतले बागमती सभ्यताको विरुद्ध बस्ती नहटाउन परेको रिटमा अन्तरिम आदेश जारी नभएको अवस्था छ,' उनले लेखेका छन्,'यदि कुनै कानुनले कसैमाथि अन्याय गरिरहेको छ भने तत्काल कानुन परिवर्तन गर्न सार्वजनिक अपील गरेर प्रक्रिया सुरु गर्नुहोस्, या कानुन बमोजिमको शासन व्यवस्था अँगाल्नुहोस्। यो तर्फ कुनै पनि कदम नचाली वैधानिक रुपमा नै यति भई सक्दा पनि कुन कानुन र नैतिकताका आधारमा यस्ता अवैध संरचना संरक्षण गर्नु हुन्छ गृहमन्त्री ज्यु? कसरी कानुनीराज्यको अनुभुती दिलाउनु हुन्छ गृहमन्त्री ज्यु?,'

प्रकाशित: १३ वैशाख २०८० १३:५६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App