१९ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

सरकारी कार्यालयमा राखिएका बेवारिसे साधनश्रोत सदुपयोग गरौं: सांसद प्रकाशमान सिंह

नेपाली काँग्रेसका सांसद प्रकाशमान सिंहले सरकारी कार्यालयहरु बेवारिसे रुपमा राखिएका श्रोत, साधनहरुको सदुपयोग गर्न सरकारलाई आग्रह गरेका छन्।

शुक्रबार प्रतिनिधि सभाको बैठकमा उनले यस्तो आग्रह गरेका हुन। सिंहले देशभरकै सरकारी कार्यालय र प्रहरी कार्यालय परिसरभित्र साधनश्रोत, मोटरसाइकलदेखि गाडीहरु पनि थुपारेर राखेको भन्दै आपत्ति जनाए। उनले करोडौं मूल्य पर्ने साधनश्रोत कौडीको मूल्यमा बेच्न राखिएको आरोप लगाए।

उनले भने, ‘देशभरकै नेपाल सरकारको कार्यालय र प्रहरी कार्यालय परिसरभित्र थुपारिएर राखिएका साधन श्रोत,मोटरसाइकलदेखि गाडीहरु बेवारिसे छन्। नियम नमिलेको हो भने नियम मिलाएर करोडौं मूल्य जाने सवारीसाधनहरु कार्यालयको परिसरमा कौडीको मूल्यमा बेच्नुको लागि राखिएको छ, यसले राम्रो भएन।’

उनले साधनश्रोतको सदुपयोका लागि ऐन, नियममा समस्या भए सच्याएर अघि बढ्नुपर्ने बताए।

प्रकाशित: १२ फाल्गुन २०७९ ०८:४४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App