१९ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

भावी राष्ट्रपति कांग्रेसबाटै बन्ने नेता सिंहको दाबी

फाइल तस्बिर

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले भावी राष्ट्रपति नेपाली कांग्रेसबाटै बन्ने दाबी गरेका छन्।

शुक्रबार नेपाल  जेसिसको कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिंहले यस्तो दाबी गरेका हुन्। उनले संसदको पहिलो दल कांग्रेस भएकाले राष्ट्रपतिमा आफूहरूको दाबी स्वभाविक रहेको बताए।

'सन्तुलनका लागि राष्ट्रिय कांग्रेसले अघि सार्ने उम्मेदवारलाई बनाउन प्रयास गर्छौं र कांग्रेसकै उम्मेद्वार राष्ट्रपति बन्नुहुन्छ,' सिंहले भने। राष्ट्रपतिको विषयमा सत्तागठबन्धनभित्र खटपट देखिएका बेला कांग्रेस सांसद समेत रहेका सिंहको दाबीलाई अर्थपूर्ण ठानिएको छ। उनले कांग्रेसबाट को राष्ट्रपतिको उम्मेदवार बन्ने भन्नेबारेमा भने केही बोलेनन्।

पुस १० को सहमति अनुसार भन्दै एमालेले राष्ट्रपतिमा दाबा गरिरहेको छ भने माओवादी राष्ट्रपति राष्ट्रिय सहमतिमा बनाउनुपर्ने अडानमा छ।

नेता सिंहले राजनीतिमा सरकार परिवर्तनको विषय स्वभाविक हुने पनि बताए। उनले संविधानले दिएका अधिकार कार्यान्वयनमा ल्याउन  विधिको शासन कायम हुनुपर्नेमा जोड दिए।

कांग्रेसले व्यवस्था परिवर्तन गरेर लोकतान्त्रिक प्रणाली स्थापित गरेको तर यसलाई संस्थागत गर्नका लागि भने धेरै काम गर्न बाँकी रहेको सिंहको भनाइ थियो। 'जादूको छडी त कोहीसँग छैन। अहिलेका व्यवस्थालाई संस्थागत गर्न नेपालको राजनीति केन्द्रीत भइरहेको हामीले मनन् गर्नुपर्छ,' सिंहले भन्नुभयो ,'आलोचना गर्नु राम्रो कुरा हो। असन्तुष्ट हुँदै गर्दा सन्तुष्ट हुनलाई के हुनुपर्छ पनि त भन्नुपर्यो।'

उनले संघिय संसदले संविधान कार्यान्वयनका लागि आवश्यक ऐन बनाउनुपर्ने पनि बताए।  

नेपाल जेसिस को प्रसिक्षण भेला आज र भोलि दुई दिन सम्म काठमाडौ मा चल्ने छ भेलामा देस भर का जेसिस अभियानता हरुको सभागिता रहेको छ।

प्रकाशित: ५ फाल्गुन २०७९ ०७:२७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App