४ वैशाख २०८१ मंगलबार
राजनीति

मधेस प्रदेशमा संसदीय दलको नेता चयन गर्न जसपाले भोलि निर्वाचन गराउने

संसदीय दलको नेता चयन गर्न जनता समाजवादी पार्टी (जसपा) ले मधेश प्रदेशमा निर्वाचन गर्ने भएको छ। भोलि निर्वाचन प्रक्रियाबाट दलको नेता चयन हुने निर्वाचन समितिको संयोजक लालकिशोर साहले जानकारी दिए।

भोलि हुने निर्वाचनको लागि आइतबार (आज) निर्वाचन समितिले निर्वाचन तालिका सार्वजनिक गरेको छ। भोलि मधेस प्रदेश समितिको कार्यालयमा निर्वाचन हुने निर्वाचन समितिले जनाइएको छ। निर्वाचन समितिले सर्वसहमतिको प्रयास गरेपनि सहमति नजुटेपछि निर्वाचनबाट टुंगो लगाइने भएको छ।

सोमबार बिहान् ९ बजेदेखि ११ बजेसम्म मनोनयनपत्र दर्ता गर्ने र ११ बजेदेखि ११स्३० बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गर्ने  निर्वाचन तालिका रहेको निर्वाचन समितिले जनाएको छ। समितिका अनुसार ११:३० बजेदेखि ३:३० बजेसम्म नाम फिर्ता लिने ३:३० बजेदेखि ४ बजेसम्म दाबी विरोध ४ बजेदेखि ४:३० बजेसम्म अन्तिम नामावली प्रकाशन गर्नेछ।

५ बजेदेखि ६ बजेसम्म मतदान हुने निर्वाचन हुने छ। मधेश प्रदेशमा जसपाले संसदीय दलको नेता चयन गर्न जनकपुरधाम उपमहानगरपालिकाको पुर्व मेयर तथा पार्टीका केन्द्रिय सदस्य लालकिशोर साहको नेतृत्वको तीन सदस्य समिति गठन गरेको थियो।

शुक्रबार बसेको बैठकद्वारा दलको नेतामा सर्बसहमति नजुटेपछि समितिले नेता चयन गर्ने जिम्मा अध्यक्ष यादवलाई दिएको थियो। तर त्यसमा मुख्यमन्त्री लालबाबु राउतको समर्थन रहेको थिएन्। बैठकमा सहभागी १५ जना मध्ये राउत चुनावको पक्षमा उभिएका थिए। अध्यक्ष यादवलाई दलको नेता चयन गर्ने जिम्मा दिने निर्णयमा उनले हस्ताक्षर गर्न अस्वीकार गरेका थिए।

राउत बाहेकका सभासदहरु सर्वसम्मतिबाट नै दलको नेता चयन हुनुपर्नेमा सहमत भए पनि अध्यक्ष यादवले चुनावबाट नै नेता चयनको प्रक्रिया थाल्न शनिवार निर्देशन दिएको थियो।

संसदीय दलको नेतामा मुख्य तीनजनाको नाम चर्चामा छ। मुख्यमन्त्री लालबाबु राउत, निवर्तमान सभामुख सरोज यादव र निवर्तमान दलका उपनेता रामअशिष यादव दाबेदार छन्।

मधेस प्रदेशमा जसपाले १६ सिटसहित तेस्रो ठुलो दल हो। संघीय सरकारलाई समर्थन गरेको जसपालाई मधेस प्रदेशको नेतृत्व दिने सहमति भएको छ। मुख्यमन्त्री पाउनेभएपछि जसपालाई दलको नेता चयन गर्न सकस भएको छ।

प्रकाशित: २४ पुस २०७९ १२:२८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App