३ जेष्ठ २०८१ बिहीबार
image/svg+xml
राजनीति

सशस्त्रका सात सवारी चालक गृहमै फर्किए

सशस्त्र प्रहरीका सात सवारी चालकलाई विहिबार गृहमन्त्रालय फिर्ता पठाइएको छ। मूख्यमन्त्रीहरु काठमाडौं आउदा सवारी चालक आवश्यक पर्ने भएको भन्दै गृहमन्त्रालयको सवारी शाखाले सशस्त्र प्रहरीलाई चालक माग गरेपछि विहिबार उनीहरुलाई गृहमा पठाइएको हो। ‘सवारी शाखाले सवारी चालक आवश्यक रहेको भन्दै पत्रचार गरेपछि विहिबार नै सवारी चालक फिर्ता गरिएको हो’, स्रोतले भन्यो।  

गृहमन्त्रालयले पुस १३ गते कार्यविधिबाहिर खटिएका सबै सुरक्षाकर्मीहरु फिर्ता गर्न दुवै प्रहरी संगठनलाई निर्दैशन दिएको थियो। सोही निर्दैशन अनुसार सचिवस्तरीय निर्णय भएको भन्दै सशस्त्र प्रहरीलाई फिर्ता पठाइएको थियो। तर मन्त्रालयले आफ्नो निर्णय विपरित सशस्त्र र नेपाल प्रहरीसँग सवारी चालक मागेको थियो। ‘मन्त्रालय आफैले गरेको निर्णयको मसी सेलाउन नपाउदै सवारी चालक मागेर पठाइयो यसले प्रहरी कर्मचारी गलत मन्त्रालयका कर्मचारी सही भन्ने देखाउन खोजिएको छ, यसले प्रचारबाजी धेरै गर्ने तर निर्णय कार्यान्वयन नगर्ने परिपाटी बसेको छ’, सशस्त्रका एक प्रहरीले भने।

प्रकाशित: २१ पुस २०७९ १२:४१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App