१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

सरकार दाबी गर्ने आज अन्तिम दिन, बालुवाटारमा जारी छ गठबन्धन बैठक

राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतसहित सरकारको नेतृत्वमा दाबी गर्न राजनीतिक दलहरुलाई दिएको समय आज साँझ ५ बजे सकिदैछ्।  

राष्ट्रपति भण्डारीले सरकार गठनका लागि आव्हान गरको सातौं दिनसम्म पनि राजनीतिक दलहरुले स्पष्ट बहुमतसहित दाबी गर्न सकेका छैनन्।  

एक साता यतादेखि सत्ता गठबन्धन दलका नेताहरुको बैठक चलिरहेको छ। र, आज पनि सत्ता गठबन्धन दलका नेताहरु बालुवाटारमा छलफलमै छन्।

प्रधानमन्त्री, राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र उपसभामुख जस्ता महत्वपूर्ण पदहरुको बाँडफाँडमा कुरा नमिलेपछि नेताहरुले सरकारको दाबी गर्न सकेका छैनन्।  

बैठकमा सहभागी नेताका अनुसार सत्ता गठबन्धनकै नेतृत्वमा सरकार बनाउने कुरामा सहमती भएपनि ती दलहरुबीच शक्ति बाँडफाँड भने मिलेको छैन। उनीहरु कुरा मिलाउन कति बेला ‘वन बाइ वन’ पनि छलफल गरेरहेका छन भने कति बेला समूहमा छलफल गरिरहेका छन् ।  

अहिले सत्ता गठबन्धनमा नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकिकृत समाजवादी), राष्ट्रिय जनमोर्चा, लोकतान्त्रिक समाजवादी पार्टी छन्। यी दलका नेताहरुबीच नियमित बैठक र छलफल भइरहेको छ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल भने सरकार गठनका लागि दोस्रो ठूलो दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पनि ‘बार्गेनिङ’ गरिरहेका छन्। सत्ता गठबन्धनले नै अहिलेको सरकारको नेतृत्व गर्ने संभावना बढि देखिन्छ ।

प्रकाशित: १० पुस २०७९ ०७:०४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App