५ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

कैलालीमा नागरिकको ह्याट्रिक,क्षेत्र नं.२ मा चौधरी विजयी

कैलालीमा नागरिक उन्मुक्ति पार्टीले प्रतिनिधि सभातर्फ जितको ह्याट्रिक गरेको छ। सो पार्टीले क्षेत्र नं. २ मा अरुण चौधरीको विजयसँगै प्रतिनिधिसभाका तीन स्थानमा जितेको छ। उसले कैलालीका क्षेत्र नं. १, २ र ३ मा जितेको छ।  

पछिल्लो मत परिणाम अनुसार चौधरी भारी मतान्तरले विजयी भएका छन्। उनले २१ हजार ८७१ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका झपट रावलले १६ हजार १२८ र गठबन्धनका तर्फबाट नेकपा माओवादीका भगत बडुवालले १५ हजार ११६ मत प्राप्त गरेका छन्।  

सुरुवाती अग्रता लिएका चौधरी तेस्रो स्थानमा झरेका थिए। उनलाई थारु बाहुल्य क्षेत्रबाट एकलौटी मत आएको छ। बर्दगोरीया गाउँपालिकाका केही वडामा उनले अत्याधिक मत ल्याएका छन्। एक मतदान केन्द्रमा एक सय मत गणना हुँदा उनले ९८ मत पाएका थिए। थारु बाहुल्य क्षेत्रको अत्याधिक मतले नै उनी तेस्रो स्थानबाट अग्रता हासिल गर्दै विजयी हुन सके।  

सो पार्टीबाट कैलालीको क्षेत्र नं. १ मा रञ्जिता श्रेष्ठ र क्षेत्र नं. ३ मा गंगाराम चौधरी यसअघि नै विजय भैसकेका छन्। श्रेष्ठले गठबन्धनका तर्फबाट काँग्रेस केन्द्रिय सदस्य तथा पूर्वमन्त्री रामजनम चौधरीलाई र चौधरीले नेकपा एमालेका उम्मेदवार पूर्वमन्त्री गौरीशंकर थारु र सभासद कृष्णकुमार चौधरीलाई पराजित गरेका छन्।  

पार्टीले पाँच वटा प्रदेश निर्वाचन क्षेत्रमा समेत विजय हासिल गरेको छ। उसले क्षेत्र नं. १ र ३ का दुईवटै र २ को (ख) मा जितेको छ। क्षेत्र नं. १ को (क) बाट कैलाश चौधरी र (ख) बाट लक्ष्मण किशोर चौधरी विजयी भएका छन्। त्यस्तै क्षेत्र नं. ३ को (क) बाट घनश्याम चौधरी र (ख) बाट खुशीराम डगौरा थारु विजयी भएका छन भने क्षेत्र नं. २ को (ख) बाट रामेश्वर चौधरी विजयी भएका छन्। (क) मा भने गठबन्धनका तर्फबाट काँग्रेसका कमलबहादुर शाह विजयी भएका छन्।  

प्रकाशित: ९ मंसिर २०७९ ०८:४४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App