१९ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

इलाम २ मा नेम्बाङ अघि–अघि, खड्का पछि–पछि

इलाम क्षेत्र नम्बर २ को जारी मतगणनामा नेकपा (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्बाङ मुख्य प्रतिस्पर्धीभन्दा १ हजार ७ सय ६५ मतले अगाडि देखिएका छन्।  

बिहान साढे ११ बजेसम्मको गणनामा नेम्बाङले २० हजार ७१ मत ल्याएका छन् भने उनलाई गठबन्धनका नेपाली कांग्रेस उम्मेदवार डम्बरबहादुर खड्काले १८ हजार ३ सय ६ मतसहित पछ्याइरहेका छन्।  

अहिलेसम्म क्षेत्र २ का माङ्सेबुङ, चुलाचुली, फाकफोकथुम गाउँपालिका र माई नगरका वडा ६, ७, ८, देउमाई नगरका १, २, ५, ६, ७, ८, र ९ वडाको गणना भइसकेको छ। अब यो क्षेत्रका देउमाई नगरका वडा ३ र ४, तथा इलाम नगरपालिकाको वडा १० बाहेक ११ वटा वडाको मतगणना गर्न बाँकी छ। क्षेत्र २ प्रतिनिधिसभामा १ लाख १५ हजार ४ सय २३ मतदाता रहेकामा ६९ हजार ८५ मत खसेको छ।

यही क्षेत्रको प्रदेशसभा १ मा एमालेका गणेशप्रसाद बरालको अग्रता कायमै छ। बरालले ५ हजार ५ सय ३१ मत ल्याउँदा गठबन्धनका कांग्रेस उम्मेदवार गोविन्द गिरीको ५ हजार ४ सय ४८ मत आएको छ।  

प्रकाशित: ९ मंसिर २०७९ ०६:४३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App