२८ मंसिर २०८२ आइतबार
image/svg+xml
अन्य

मानव मस्तिष्क विकासका ‘युग’ कति छन् ?

क्याम्ब्रिज विश्वविद्यालयका वैज्ञानिकहरूले  बाल्यकालदेखि बुढेसकालसम्म मानव मस्तिष्कको विकासमा हुने परिवर्तनहरूका पाँच प्रमुख युगको (चरण) पहिचान गरेका छन्।        

लगभग ४,००० व्यक्तिहरूको मस्तिष्क स्क्यानमा आधारित यो अध्ययनले मानव जीवनमा स्नायु तार  कसरी विकसित हुन्छ भन्ने कुरालाई नक्साङ्कन गरेको छ। अध्ययनले मानव मस्तिष्क संगठनमा चार  महत्त्वपूर्ण ‘मोड बिन्दुहरू’ फेला पारेको छ।  जसले यी पाँच युगहरूलाई विभाजित गर्दछ। यी मोड बिन्दुहरू क्रमश  ९, ३२, ६६ र ८३ वर्षको उमेरमा हुने देखिएको छ।        

सुरुवातमा बाल्यकाल अर्थात जन्मदेखि ९ वर्षसम्म नेटवर्क कन्सोलिडेसन ९सञ्जाल सुदृढीकरण०  सक्रिय सिन्याप्सेस ९न्यूरोन कनेक्टरहरू०  मात्र जीवित रहने बताइएको छ । यस उमेरमा मस्तिष्कको तारको दक्षता घट्ने र  खैरो तथा  सेतो पदार्थको आयतन बढ्ने अध्ययनले देखाएको छ ।    उमेर चरणको दोस्रो अवस्थामा किशोरावस्थाको युग मानिएको छ । जुन ९ वर्षदेखि लगभग ३२ वर्षसम्म मानिएको छ । यस उमेर समुहमा मस्तिष्कमा हुने सेतो पदार्थको मात्रा बढ्दै जाँदा मस्तिष्कको सञ्चार सञ्जालहरूको संगठन परिष्कृत हुँदै जाने देखिएको छ । जहाँ जडानहरूको दक्षता निरन्तर बढ्छ ।  जुन बढेको संज्ञानात्मक प्रदर्शनसँग सम्बन्धित  छ।

   उमेर चरणको तेस्रो अवस्था वयस्क मोड रहेको छ । जुन करिब ३२ वर्षदेखि ६६ वर्षसम्म स्थिरता र  विभाजन  मस्तिष्क संरचनामा हुने अध्ययनले देखाएको छ । यस अवस्थामा अघिल्ला चरणहरूको तुलनामा मस्तिष्क स्थिर  देखिन्छ । जुन ‘बुद्धिमत्ता र व्यक्तित्वमा  पठार’ सँग मेल खान्छ। मस्तिष्क क्षेत्रहरू बढी विभाजन हुन्छन्। यो सबैभन्दा लामो युग रहेको बताइएको छ।      

मानिसको उमेरको प्रारम्भिक बुढ्यौली लगभग ६६ वर्षदेखि ८३ वर्षसम्म हुने वैज्ञानिक अध्ययनले देखाएको छ यस उमेरमा मस्तिष्कको जडानमा कमी आउन सुरु हुने र  जुन सेतो पदार्थको बुढ्यौली र क्षयसँग सम्बन्धित मानिएको छ ।    

मानिसको उमेर समुहको चरणमा ढिलो बुढ्यौली ८३ वर्षपछि लाग्ने बताइएको छ । यस उमेरमा मस्तिष्क  जडानमा कमीको प्रवृत्ति कायम हुने वैज्ञानिकको लावी रहेको छ ।  

उक्त मानव मस्तिष्क अध्ययनका वरिष्ठ लेखक तथा  क्याम्ब्रिज विश्वविद्यालयका न्यूरोइन्फर्मेटिक्सका अनुसन्धानकर्ता प्रोफेसर डंकन एस्टल भनेका छन्, ‘हामीमध्ये धेरैलाई लाग्छ कि हाम्रो जीवन विभिन्न चरणहरूद्वारा चित्रण गरिएको छ। यो पत्ता  लाग्यो कि मस्तिष्क पनि यी युगहरूबाट गुज्रन्छ।’  

अनुसन्धानको नेतृत्व गर्ने एलेक्सा मौस्ली ले यो निष्कर्षले मानसिक स्वास्थ्य विकारहरूको जोखिम कारकहरूको बारेमा अन्तरदृष्टि दिन सक्ने बताएकी छिन् । मानिसमा ३२ वर्षको उमेरमा प्रवृत्तिमा सबैभन्दा बलियो  परिवर्तन देखिन्छ।  

मौस्लीले  अभिभावकत्व जस्ता जीवनका घटनाहरूले  यसमा भूमिका खेल्न सक्ने अनुमान  गरेकी छिन्।एजेन्सी

प्रकाशित: १० मंसिर २०८२ १०:३३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App