७ माघ २०८२ बुधबार
image/svg+xml
अन्य

फेसबुकबाट धम्की दिने पक्राउ

मकवानपुर-सामाजिक संजाल फेसबुकमार्फत धम्की दिँदै चरित्र हत्या गरेको अभियोगमा एक पक्राउ परेका छन्। हेटौंडा उपमहानगरपालिका–८ कमाने बस्ने निरजबाबा उपनामले चिनिने २९ वर्षीय निरजकुमार चौधरीलाई केन्द्रीय अनुसन्धान व्युरोको प्रहरीले शुक्रबार पक्राउ गरेको हो।


बैदेशिक रोजगारको शिलशिलामा साउदी अरबमा रहेको अवस्थामा फेसबुकमार्फत बनाएको साथीलाई चौधरीले जागिर छोडी काठमाडौं आएर एक होटलमा लगी नशालु पदार्थ खुवाई अश्लिल फोटोहरु खिचेर सोही फोटो फेसबुकमार्फत पीडित लगायत फेसबुकका साथीहरुलाई पठाई मानसिक पीडा दिने गरेको प्रहरीले जनाएको छ। चौधरीले पीडितलाई कहींकतै उजुरी गरे भौतिक कारवाही गर्ने भन्दै पटकपटक फोनमार्फत धम्क्याउदै आएका थिए। पीडितलाई विभिन्न ठाउँमा बोलाई पटक पटक आफुसँग यौनसम्पर्क राख्न दवाव दिँदै आएकोसमेत अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

चौधरीलाई विद्युतीय कारोवार ऐन, २०६३ अन्तर्गत मुद्दा दर्ता गरी थप अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ।

प्रकाशित: १२ चैत्र २०७२ ०८:५३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App