७ माघ २०८२ बुधबार
image/svg+xml
अन्य

डिजेल हिनामिना गरेकाे आरोपमा ५ पक्राउ

बनेपा– डिजेल अपचलन गरेको आरोपमा प्रहरीले आज ना४ख २५५५ नंको ट्याङ्करसहित ५ जनालाई काभ्रेपलाञ्चोकबाट पक्राउ गरेको छ।


भक्तपुरको महेश्वरी पेट्रोल पम्पका लागि रक्सौलबाट ल्याएको चार हजार लिटर डिजेल काभ्रेपलाञ्चोकको पनौतीस्थित पशुपति प्लाइउड फ्याक्ट्रीमा छोडेर फर्कंदै गरेको अवस्थामा सो ट्याङ्करमा रहेका तीन र दुईजनालाई बनेपाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, धुलिखेलका प्रहरी निरीक्षक विदुरकुमार थापाले जानकारी दिए।

पक्राउ पर्नेमा सिन्धुपाल्चोकको जलबिरेका सन्तोष श्रेष्ठ, भक्तपुरको सूर्यविनायकका राजकुमार श्रेष्ठ, हेटाैंडा मनहरीका चालक सूर्य लामा, सहचालक कृष्णहरि लामा र राजकुमार कोइराला रहेका छन्। उनीहरुले डिजेल बजार मूल्यभन्दा महँगोमा सो प्लाइउड फ्याक्ट्रीमा बेचेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

"डिजेल अपचलन भएको देखिएको छ, कालोबजारी ऐनअन्तर्गत मुद्दा चलाइनेछ", जिप्रका धुलिखेलका प्रहरी उपरीक्षक राजेशनाथ वास्तोलाले भने। बरामद भएको डिजेल इप्रका बनेपामा राखिएको छ। रासस

प्रकाशित: ८ चैत्र २०७२ ०१:४४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App