७ माघ २०८२ बुधबार
image/svg+xml
अन्य

नारी दिवसमा पुरुषका कुरा

सन्दर्भ नारी दिवसको छ । नेपाल प्रज्ञा प्रतिष्ठानको समालोचना तथा निबन्ध बिभाग अन्र्तगत प्राज्ञ ज्ञानु पाण्डेको संयोजनमा गत माघ २१ गते एक कार्यक्रम सम्पन्न भयो । जसमा दुई कार्यपत्रहरु थिए।


डा. वीणा पौड्याल र डा. अनिता ढुंगेलका यी दुवै कार्यपत्रहरु संक्षिप्त, तथ्यात्मक र संतुलित थिए । दुवैले समाजमा महिला र पुरुषका जटिलता माथि अध्ययन गर्ने प्रयत्न गरेका थिए । पुस्तकालय कक्षमा भएको त्यस कार्यक्रममा त्यो दिन अधिकांश महिलाहरुको उपस्थिति थियो । प्रा. हेमचन्द्र नेपाल, रामप्रसाद ज्ञवाली र टंक उप्रेतीसँग मलाई पनि मत प्रस्तुतिका लागि उभ्याइएको थियो ।

मलाई चाहि पुरुषका समस्याहरु माथि आफ्ना अनुभवहरु सुनाउनु भनियो । त्यसको लागि म उति धेरै तथ्यात्मक ढड.गले तयार नभएको हुँदा निबन्धात्मक शैलीमै प्रस्तुत भएको थिए । मलाई पुरुष समस्या माथि उभ्याउनुका पछि सायद दुई कारणहरु थिए होलान, प्रथम कारण, सीताजीको निधन पछि मैले पत्रपत्रिका र पुस्तकमा निकै रुवावासी गरें र अर्काे अहिले म पुरुष माथि नै पुस्तक लेखिरहेको पनि छु । हुन त नेपालमा पुरुषवाद माथि गहिरो अध्ययन गरी प्राज्ञिक काम गरिरहनु भएको छ डा. संजीव उप्रेतीले । अनुभूति आफ्नो भए पनि पुरुषवादी अध्ययनको नेपाली स्रोत मैले संजीवलाई नै लिएको छु । डा. अर्चना थापाले नारीहरुबारे प्रशस्त काम गर्दागर्दै निकट भविष्यमै पुरुषहरुका अनुभूतिहरुको संग्रह प्रकाशन गर्न लाग्नु भएको सूचना पाएको छु ।

संभवतः नेपालमा पुरुषहरुका समस्या र संवेदनशीलताका पक्षमा महिलाहरुले सुन्ने गरी आयोजना गरिएको त्यो पहिलो कार्यक्रम हुँदो हो । त्यस कार्यक्रममा मैले प्रस्तुत गरेका केही बिचारमध्ये बुँदागत गर्दा एउटा बुँदालाई यसरी बिस्तृत गर्न सकिने रहेछ ।

जहिले पनि एउटा शास्त्रीय भनाइ पढिंदै र सुनिदै आइएको छ, पुरुष र नारी एउटा रथका दुई पाड.ग्रा हुन् । तर के साँच्चै यिनीहरु एउटा रथका दुई पाड.ग्रा हुन् ?कोल्टिएको रथको एक पाड.ग्रो भएर महिलाले परिवार र समाजलाई थामेर आएको कहिले देखि हो ? शारीरिक र जैविक रुपमै सशक्त र वलवान पुरुषले एक काँधे बनाएर महिलाको काँधतिर जुवा ढल्काएको कहिले देखि हो ? यस विषयमा त सिमोन द बौवार, तसलिमा नसरिन देखि हाम्रै चेली आन्विका गिरी सम्मले सशक्त कलम चलाएका छन् । तर सँगसँगै पुरुषका समस्याहरु माथि पनि कतै कुनै छलफल भएका छन् ?

बस्तुतथ्यका आधारमा विमर्श गर्नु पर्दा स्त्री र पुरुषको भेदलाई हामीले प्राकृतिक रुढतासम्म पुगेर हेर्नु पर्छ । पुरुष र स्त्री जन्मदै अलग अलग अंग लिएर जन्मेका हुन् । तिनलाई प्रकृतिले अलगअलग हर्माेन भरेर पठाएको छ, जसका कारण तिनीहरु फरक फरक शक्ति र सामथ्र्यले उपस्थित हुन्छन् । उनीहरुको पहिचान नै जन्मदै उनीहरुको शरीरमा बनिएर आएका यौन अंगको आधारमा हुने हो । त्यसैले पुरुष र स्त्रीको आधारभूत सम्बन्ध यौन जन्य छ । प्रकृतिले दिएको यही यौन शक्तिका आधारमा व्यावहारिक जीवनमा कैयौं कठिनाईहरु उत्पन्न हुन्छन् । स्त्री जन्मिदै आफू भित्र एउटा पाठेघर सहित जन्मिन्छिन् जसलाई प्रकृतिले अनिवार्य रुपमा संतान जन्माउन जिम्मा दिएको छ र उमेरसँग शरीरमा नयाँ नयाँ अन्य अड.गहरुको विकास गर्न थाल्दछ । पुरुष जम्मा एउटा यौनअड.ग लिएर आएको हुन्छ जसलाई अरु थुप्रै यौनजन्य प्राकृतिक दायित्व छैन । प्रकृतिको यही शारीरिक संरचनाको दवावका कारण स्त्री चाहेर वा नचाहेर पनि पुरुषद्वारा प्रेम वा बलात्कार दुवै पाउन बाध्य छिन् । त्यही पाठेघर र स्तन उनलाई पुरुषसरह हरेक कुरामा प्रतिस्पर्धा गर्न बाधक पनि छ । एक संभोग पछि स्त्री अर्काे महिना रजश्वला नभएसम्म मानसिक दवावमा हुँदा पुरुष वीर्य स्खलनलाई मल त्याग गरे सरह पूर्ण सन्तुष्टिका साथ आफ्नो कर्ममा लागि सक्छ । यो सुविधा उसलाई प्रकृतिले नै दिएको छ, अरु सबै भाले जीवलाई सरह । कैयौं पुरुषले यही सुविधाको दुरुपयोग गर्दै महिला माथि अत्याचार गरिरहेका पनि हुन्छन् ।

पुरुष र महिलाबीच उत्पन्न तनावको आधारभूत कुरा आर्थिक, मानसिक, धार्मिक र सामाजिक भन्दा वढी दैहिक नै हो । संभोगबाट उत्पन्न द्वन्द नै अन्य विभिन्न नारा र जुलुस भएर सडकमा पुग्ने गर्दछ । जब संभोगलाई समभोगका रुपमा सम्मान गरिन्न त्यहाँ बलात्कारको अवश्था उत्पन्न हुन्छ । त्यो बलात्कार सामान्यतया पुरुषबाट हुन्छ भन्ने मान्यता र बुझाइ छ तर स्त्री पुरुष बीचको त्यो अत्यन्त ऐकान्तिक कर्ममा सधै स्त्री नै मात्र बलात्कृत हुन्छे भन्ने मान्यता वा सत्य अन्तिम हो ? मसँग असंख्य त्यस्ता पुरुषहरु सम्पर्कमा छन् जो आफ्नी पत्नी, प्रेमिका वा नातेदार महिलाबाट पटक पटक बलात्कारमा परेका छन् । एक उत्तेजनाबाट सिथिल भएको पुरुष अर्काेपल्ट तत्कालै संभोगका निम्ति तयार नभएको अवश्थामा उसमाथि महिला साथीबाट हुने अत्याचार सामान्यतया बाहिरै आउँदैन किनकि पुरुषले बहादुर हुनु पर्न,े सबै समस्या सँग जुध्नु पर्ने, र आफ्ना दुःखहरु पोख्दै हिंड्नु नहुने गरी वाल्यकाल देखि नै दीक्षित गरिएको हुन्छ । पुरुष वा लोग्ने भएर स्वास्नी वा आइमाईका अघि हार्ने हो ? यो प्रश्न त पहिला आमाहरुबाटै उठ्छ । आफ्नी स्वास्नीलाई बढि माया गर्याे र उनले भनेको कुरा वढी मान्यो भने, जोइटिड.ग्रे र नामर्द कहलिनु पर्छ । अनि त्यही आरोपको प्रतिवाद गर्न ऊ आमासँग होइन स्वास्नीसँग झगडा गर्छ । हरेक विहान बुहारीका कोठाबाट थकित भएर बाथरुम छिरेको छोरोले रातभरि कति दुःख पायो होला भनेर कुनै आमाले कल्पना गर्छन् ? उनीहरु त बुहारीको पेट बढेको देखे पछि छोरालाई पुलुक्क हेरेर हाँस्छन् मात्र ।

सामूहिक बलात्कारमा परेका कैयौं पुरुषहरुका पीडादायी कथा त लेखिनै बाँकी छ । स्वेच्छिक रुपमा यौनका लागि आव्हान गर्ने र यौन सम्पर्क पछि अनेक सर्तहरु राखेर ती पुरा नभए बलात्कारको आरोप लगाउने अनेकौं धम्कीहरु खप्दै वर्षाै ब्लाक मेलिड.मा पर्नेहरुको सूचि झन् कति लामो होला ।

पुरुषबाट मात्रै यौन अपराध हुन्छ भन्ने सामाजिक मान्यताको स्थापना, पुरुषले आफूमाथि महिलाहरुबाट भएका अपराधलाई सामाजिकीकरण नगरेका कारणले मात्र हो । जे जति वैवाहिक सम्बन्धहरु बिग्रिनेक्रम बढेको छ, यसमा सबै कारण पुरुष मात्र हुन् ?बुहारीले जब छोरालाई छोडेर जान्छे के आमाहरुले छोरालाई नै अपराधि मानेका छन् ?आमाहरु घरमा बुहारी आतड.क खपेर पनि सडकमा पुरुष विरोधी नारा लगाउन बाध्य छैनन् ? जीवनभरि अत्यन्त कठोर परिश्रम गरेर खाइनखाइ जोडेको सम्पत्ति, आफ्नो कुनै लगानी बिनै स्वास्नी भएको कानुनी आधारका कारण आधा चर्लक्कै छुट्याएर लिएर गइरहेकी महिलालाई पछाडिबाट हेरिरहेको छैन हाम्रो समाज ? कानुनले दिएको संरक्षणको दुरुपयोगलाई महिलावादको झन् ठूलो दुरुपयोगले पुरुषभित्र अत्याचारी मन जन्माउन बाध्य छैन ? किन हुन्छ महिला हिंसा ? किन हुन्छ महिलाको हत्या ?

एकपल्ट सामाजिक पारिवारिक विधि वा व्यक्तिगत निर्णयबाट वैवाहिक जीवनमा बाँधिएका लोग्ने स्वास्नी वीच सँगै बस्न सक्ने अवश्था भएन । महिलाले चाहने वित्तिकै कानुनले छुट्याइ दिने तर पुरुषले चाहेमा छुट्टिनै नसकिने कानुन बने पछि त्यो महिलाबाट मुक्त हुन् पुरुषले तिनलाई मन्द विष ख्वाएर, दुर्घटनामा पारेर, घाँटी थिचेर, आत्महत्याको विधि प्रमाणित गराएर भए पनि मारेर मुक्ति लिनु परेन ? के पुरुषलाई सामाजिक र कानुनी रुपमै अत्याचारी बन्न बाध्य पारेको छैन ?

प्रारम्भमा कुनै व्यक्ति मन पर्नु उसको अनुहार, जीउडाल, हिडाइ डुलाई, हंसाइबोलाई अनेक कारण मानिएलान तर जब उनीहरु व्यावहारिक रुपमा अत्यन्त नजिक पुग्छन् अनि मन नपर्ने कुरा र कारणहरु अनेक हुन सक्छन् । जब कुनै स्त्रीलाई लोग्ने मन पर्दैन उनी सहजै अलग हुन सक्ने तर पुरुषले चाहि मन नपरेकी स्त्रीसँग बाध्य भएर जीवन विताउनै पर्ने कारण व्यावहारिक हुन्छ ? पुरुषलाई परस्त्रीको आरोप आइलाग्दा, त्यही आरोपित पुरुषसँग सम्बन्ध बढाइरहेकी स्त्री चाहि परपुरुषगामिनी होइन ? कुनै पुरुषले बहुविवाह गर्दा ऊसँग घरमा स्वास्नी हुँदा हुँदै बिहे गरेर अर्की स्वास्नी हुन आउने महिलाको कुनै दोष हुदैन ? तिनले अनेक आकर्षक आश्वासन, नखरा वा प्रेमको नाटक नगरी कुनै पुरुष तिनका नजिक पुग्ला ? आजका सामाजिक संजालसँग जोडिएका स्त्री पुरुषहरुका सम्वादमा महिलाले उत्ताउलो सम्वादमा भाग नलिए सम्म पुरुषले जे पायो त्यही लेखिरहन वा बोलिरहन सक्छ ? एउटै ओच्छयानमा सुतिरहेका लोग्ने स्वास्नी विपरित दिशा तिर कोल्टे फर्केर फेसबुकमा टाडाको साथीसँग च्याटमा यौन संवाद गरिरहेको मुद्धा लोग्नेको मात्र जिम्मामा पर्छ ?

मेरा यी अनेकौं प्रश्नहरुको उत्तर सिमोन द बौवार द्वारा दीक्षित नेपाली महिलावादी दिदी बहिनीहरुले सहजै दिनसक्नु हुनेछ र ती कस्ता उत्तर हुनेछन् भन्ने मलाई थाहा छ तर, जब उहाँहरु नै आफ्नो घरभित्र पसेर लोग्ने र छोराको अनुहार हेर्नु हुनेछ, सायद निकै उत्तरहरु मौन बन्नेछन् ।

मैले आफ्नो साहित्यिक लेखन यात्राको यस चालिस वर्षभित्र प्रकाशित सत्ताइस वटा कृतिका बिषयबस्तु सायद सबै नै नारी संवेदनासँग जोडिएका छन् । प्रकाशोन्मुख आधा दर्जन कृति पनि नारी समस्यामै आधारित छन् । तर म नारीका दुःख देख्न सक्ने लेखक पुरुष पनि त हुँ । के म पुरुष भएका नाताले महिलाबाट मैले कुनै अत्याचार भोगेको छैन ? कति महिला लेखिकाहरु हुनुहुन्छ जसले पुरुषका पीडाहरु माथि लेख्नु भएको छ? आमाका बारेमा कहिल्यै लेखेर नथाक्ने महिला लेखकहरु कतिले पिताका बारेमा पनि लेख्नु भएको छ? कतिले ?

प्रकाशित: २८ फाल्गुन २०७२ २०:१८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App