
कला/साहित्य
प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मोरङमा ११८ जनाले उम्मेदवारी दर्ता गरेका छन्। उम्मेदवारी दर्ताको दिन मंगलबार निर्धारित समयमा ११८ जनाले मनोनयन दर्ता गरेको प्रदेश निर्वाचन कार्यालय विराटनगरले जनाएको छ।
निर्वाचन कार्यालयका अनुसार मोरङ क्षेत्र नम्बर १ मा १८, क्षेत्र नम्बर २ मा १७, क्षेत्र नम्बर ३ मा २०, क्षेत्र नम्बर ४ मा २१, क्षेत्र नम्बर ५ मा २२ र क्षेत्र नम्बर ६ मा २० जनाले उम्मेदवारी दिएका छन्।
मोरङमा निर्वाचनको मनोनयन उत्साहजनक र शान्तिपूर्ण भएको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ। कार्यालयको तथ्यांक अनुसार मोरङमा १६ जना महिला र १०५ जना पुरुषले उम्मेदवारी दिएका छन्।











.jpg)
