म्याक्स टाइगर इनर्जी ड्रिंकले चाडपर्वलाई लक्षित गर्दै आकर्षक उपहारसहितको ‘दसैं धमाका २०२६’ अभियान सार्वजनिक गरेको छ।
यस अभियानअन्तर्गत उपभोक्ताले म्याक्स टाइगरको क्यान खोल्दा बम्पर उपहारमा प्रोटोन कारसहित ३६ वटा यामाहाका मोटरसाइकल र स्कुटर जित्न सक्नेछन्।

ललितपुरको पुल्चोकस्थित ‘द प्लाजा’ मा एक कार्यक्रमको आयोजना गर्दै कम्पनीले यस योजनाको औपचारिक घोषणा गरेको हो।
कम्पनीका अनुसार भाग्यशाली विजेताहरूले बम्पर उपहारमा एउटा प्रोटोन कार, १८ वटा यामाहा एफजेड-एफवान बाइक र १८ वटा यामाहा रे-जेडआर स्कुटर प्राप्त गर्नेछन्।

यस अभियानअन्तर्गत विशेष पुरस्कारयुक्त क्यानहरू देशभर वितरण गरिने कम्पनीले जनाएको छ। बजारमा पठाइएका त्यस्ता विशेष क्यान खरिद गरी खोल्ने उपभोक्ताहरू नै स्वतः यस अभियानका विजेता बन्नेछन्।
चाडपर्वको उत्साह र उपभोक्ताको ऊर्जालाई ब्रान्डसँग जोड्दै सम्बन्ध थप सुदृढ गर्ने उद्देश्यले यो योजना ल्याइएको कम्पनीको भनाइ छ।

दसैं नेपालीहरूको किनमेल, भेटघाट र उत्सवको समय भएकाले यस माहोललाई अझ रोमाञ्चक बनाउँदै उपभोक्तासँग प्रत्यक्ष रूपमा जोडिन योजनाले मद्दत पुग्ने कम्पनीले विश्वास लिएको छ।
प्रकाशित: १७ आश्विन २०८३ १७:४४ शनिबार





