भक्तपुरको सूर्यविनायक नगरपालिका–३ बालकोटस्थित एक मन्दिर परिसरमा सोमबार बिहान एक युवती झुन्डिएको अवस्थामा मृत फेला परेकी छन्।
सिन्धुपाल्चोकको जुगल गाउँपालिका–५ स्थायी घर भई हाल काकासँग अध्ययनको सिलसिलामा बस्दै आएकी करिब २४ वर्षीया सजिना थापा मृत अवस्थामा फेला परेकी हन्।
प्रहरीकाअनुसार घिमिरे चोक नजिकै रहेको टुवाछु गणेश मन्दिरको कम्पाउन्डभित्र फलामको गेटको डन्डीमा उनी झुन्डिएको अवस्थामा फेला परेकी हुन्।
घटनास्थलमा प्रहरी टोली खटिएको छ। मृतकका बुवा-आमा सिन्धुपाल्चोकबाट आउँदै छन्। प्रहरीले घटनाको कारणबारे भने अनुसन्धान जारी रहेको जानकारी दिएको छ। मृतकका बुवा-आमा आएपछि थप प्रक्रिया अघि बढाउने तयारी छ।
प्रकाशित: ७ मंसिर २०८३ १०:०८ सोमबार





