४ माघ २०८२ शनिबार
image/svg+xml
अन्य

साउथजोन बोर्डिङ स्कूलमा सकेट बम फ्याँक्ने पक्राउ

पर्सा— साउथजोन बोर्डिङ स्कूलको कम्पाउण्डभित्र सकेट बम फाली फरार भएका बीरगंज उपमहानगरपालिका–१४ बस्ने ५३ बर्षीय रामबालक प्रसाद मुखियाबिन र सोही उपमहानगरपालिका–१७ बस्ने २२ बर्षीय महेश पटेललाई प्रहरीले पक्राउ गरेको छ।फागुन १४ गते बेलुका ना.१२ प ७७८ नम्बरको मोटरसाइकल चढी आएका उनीहरुले वीरगञ्ज उपमहानगरपालिका– १६ मा रहेको साउथजोन बोर्डिङ् स्कूलको कम्पाउन्ड भित्र सकेट बम फालेका थिए। फरार रहेका उनीहरुलाई प्रहरीले बुधबार सकेट बम फाल्न प्रयोग गरेको मोटरसाइकल सहित पक्राउ गरेको हो।

उनीहरुले साउथजोन बोर्डिङ् स्कुलका संचालक लगायत अन्य विभिन्न स्कुलका संचालक तथा शिक्षकहरूलाई समेत फोनबाट जनतान्त्रिक तराई मुक्ति मोर्चाको नाममा अभय सिंह र सागर सिंहको नामबाट धम्की दिँदै पैसा असुलेको खुलेको छ। विद्यालय तथा शिक्षकसँग ५ लाख रकम माग गरेको र नदिएमा अपहरण गरी गोली हानी हत्या गरिदिन्छौं भन्ने धम्की दिएका थिए। प्रहरीमा खबर गरे घर परिवारलाई समेत नछाड्ने तथा स्कूलमा बम पड्काई ध्वस्त बनाई दिन्छु भनी पटक–पटक धम्की दिंदै पत्रसमेत पठाएको प्रहरी अनुसन्धानबाट खुलेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ।

पक्राउ परेका मध्ये महेश पटेल यस भन्दा पहिला हातहतियार मुद्दामा २ पटक कारगारमा कैद भुक्तान गरेको र अर्का रामबालक प्रसाद मुखिया बिन यस भन्दा पहिला लागू औषध चरेश र सेतो हिरोईन मद्दामा पक्राउ परी कैद भुक्तान गरेका व्यक्ति हुन्।

प्रकाशित: १९ फाल्गुन २०७२ ०८:२१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App