२६ पुस २०८२ शनिबार
image/svg+xml
अन्य

भारतीय नम्बरको मोटरसाइकलमा अाएर गोली हानी हत्या

लहान-सप्तरीमा प्रहरी असईको हत्या भएको छ । सोमबार साँझ ६ बजेतिर झटुकी प्रहरी चौकीका इन्चार्ज समेत रहेका असई रमेश सुब्बा गोली हानेर हत्या भएको हो। गोली लागेर घाइते भएका सुब्वाको उपचारको क्रममा गजेन्द्र नारायण सिंह सगरमाथा अञ्चाल अस्पताल निधन भएको जिल्ला प्रहरी कार्यालयका इनिस्पेक्टर सुरज खड्काले जानकारी दिए।

सुब्बालाई मोटरसाइकलमा आएका दुई जनाले गोली हानी फरार भएको स्थानीयले बताए। सप्तरीको गोबरगाढा प्रहरी चौकीमा दरबन्दी भई उनी झुटकी प्रहरी चौकीमा काजमा कार्यरत थिए । झापा घर भएका शुब्बाको तिघ्रा र छातिमा गोली लागेको थियो।
यता तराइमा सशस्त्र संघर्ष गरिरहेको अखिल तराई मुक्ति मोर्चाका संयोजक जयकृष्ण गोइतले आफ्नो संगठनले असई सुब्बाको हत्या गरेको बताएका छन्। मधेसमा निर्दोष जनताको हत्या गरिरहेको र त्यस कार्यलाई नरोकेकाले चेतावनी स्वरुप असई सुब्बाको हत्या गरेको गोइतले बताएका छन्।

अपडेटः
सरकारी समाचार एजेन्सी राससका अनुसार बननियाँ – ६ मा रहेको उक्त चौकीमा दुई भारतीय नम्बर प्लेटको मोटरसाइकलमा आएका एक अज्ञात समूहले गोली चलाउँदा ३७ वर्षीय सुब्बा घाइते भएको र उपचारका लागि राजवीराजस्थित गजेन्द्रनारायणसिंह सगरमाथा अञ्चल अस्पतालमा उपचारका लागि ल्याउँदा बाटामै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

झापाको भद्रपुर–१० घर भएका सुब्बा सो प्रहरी चौकीका इन्चार्ज थिए। सप्तरीदेखि १० किमी दक्षिण–पश्चिममा सो घटना भएको थियो।

प्रकाशित: २० पुस २०७२ ०८:२८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App