काठमाडौं, पोखरा लगायतका विभिन्न स्थानहरुमा आफू डाक्टर हुँ भनि परिचय दिने र कतै डिआईजीको छोरी भनी परिचय दिई ठगी गर्दै हिँड्ने के.सी.लाई आवश्यक कारवाहीको लागि महाशाखाले महानरीय प्रहरी परिसर काठमाडौं पठाएको छ ।
उनले ठगी गर्न नक्कली परिचयपत्र र विभिन्न मोवाइल नम्बरहरु प्रयोग गर्ने गरेकी थिइन्। होटलको बिल नतिर्ने, पैसा नतिरी बिभिन्न स्टोरबाट सामान लिने, पोखराका विभिन्न अस्पतालहरुमा डाक्टर बनि बिरामी चेकजाँच गरेको बाहाना बनाउनका साथै डाक्टरहरुलाई समेत बिवाह गर्ने भनि सँगै बसी ठगी गर्दै आएको प्रहरीले बताएको छ।
प्रकाशित: २० पुस २०७२ ०७:५१ सोमबार





