१९ पुस २०८२ शनिबार
image/svg+xml
अन्य

होटलमा युवती बन्धक बनाउने तीन पक्राउ

सुरुङ्गा (झापा)-मानव बेचबिखन तथा शरीर बन्धक बनाउने कार्यमा संलग्न तीनजनालाई प्रहरीले झापाको शनिअर्जुन नगरपालिकाबाट पक्राउ गरेको छ।

पक्राउ पर्नेमा इटहरी नगरपालिका–३ निवासी १८ वर्षीय मनिष कार्की, मोरङको ववियाविर्ता – ९ निवासी २३ वर्षीय दीपक ऋषिदेव र ललितपुर उपमहानगरपालिका– १४ निवासी २३ वर्षीय दीपक कार्की रहेको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ।

शनिअर्जुन नगरपालिका – ९ स्थित ओसिम होटल एण्ड लजको १०२ नं कोठामा एक युवतीलाई बन्धक बनाई राखेको गोप्य सूचनाको आधारमा छापा मारी युवतीको उद्धार गरेको प्रहरीले जनाएको छ।

युवतीलाई बन्धक बनाउने कार्यक्रममा संलग्न होटल सञ्चालकसमेत रहेका मनिष र सोही होटलमा काम गर्ने अन्य दुई जनालाई पनि प्रहरीले पक्राउ गरेको इप्रका, बिर्तामोडका डिएसपी खड्गबहादुर खत्रीले जानकारी दिए।

पक्राउ परेका तीनैजनालाई मानव बेचबिखन तथा शरीर बन्धकसम्बन्धी मुद्दामा म्याद थप गरी कारबाही अघि बढाएको बताइएको छ।

बन्धक बनाइएकी युवतीको प्रहरीले दुई दिनअघि उद्धार गरेको जनाइएको छ। युवतीको शरीर बन्धक बनाउन संलग्न सबैलाई पक्राउ गरेपछि मात्र उनीहरुलाई आज प्रहरीले सार्वजनिक गरेको छ। रासस

प्रकाशित: १५ पुस २०७२ ०७:५७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App