'निष्प्रभको लेखाइ नया" आख्यानकारको जस्तो लाग्दैन। लामो अनुभवपछि लेखिए जस्तो छ। मैले एकै बसाइमा यो उपन्यास सकें,' साहित्यकार बुद्धिसागरले भने। त्यस्तै, अर्का साहित्यकार नयनराज पाण्डेले नाकाबन्दीले पुस्तक बजार थला परेका बेला 'डार्लिङ हार्बर' सार्वजनिक हुनु सकारात्मक भएको प्रतिक्रिया दिए। 'प्रेमलाई केन्द्रमा राखेर उपन्यास लेखिएको छ। नाकाबन्दीले सबैतिर प्रभाव पारिरहेको अवस्थामा कृति सार्वजनिक हुनु सकारात्मक कुरा हो,' उनले भने।
युवाहरु विदेश पलायन हुने प्रवृत्ति र परदेशिएका युवायुवतीको जीवनशैली पुस्तकमा केन्द्रित गरिएको छ। लेखक सजीले आफूले बिताएको समयको विम्बका रुपमा उपन्यास लेखेको बताए। 'उपन्यासमा डायस्पोरिक जीवनबारे पनि धेरथोर उल्लेख भएकाले सबै वर्गका पाठकलाई यसले छुनेछ,' उनले भने। पुस्तकलाई बुकहिलले बजारमा ल्याएको छ। पुस्तकको मूल्य तीन सय ५० रुपैयाँ राखिएको छ।
प्रकाशित: १२ मंसिर २०७२ २१:४४ शनिबार





