६ माघ २०८२ मंगलबार
image/svg+xml
अन्य

२५० रुपैयाँ प्रतिलिटर पेट्रोल बेच्ने दुई जना पक्राउ

काठमाडौं— बढी मूल्यमा पेट्रोल र मट्टितेल बिक्री गर्ने नागार्जुन नगरपालिका–५ बस्याल टोल डेरा गरी बस्ने पर्सा घर भएका ५० बर्षीय पल्टा चौधरी र १७ बर्षीया रेखा लोप्चनलाई प्रहरीले पक्राउ गरेको छ।उनीहरुले पेट्रोल र मट्टितेल ल्याई बढी मुल्यमा बिक्री बितरण गरिरहेको भन्ने खवर प्राप्त हुनासाथ प्रहरी बृत्त स्वयम्भुबाट खटिएको प्रहरी टोलीले विहिबार २ सय ५० लिटर पेट्रोल र ९० लिटर मट्टितेल सहित पक्राउ गरेको हो।

यसैगरी अनुमती बिना इन्धन ल्याउने ग.१ ख ३००८ नम्बरको मिनी टाटाका चालक दोलखा दुधपोखरी घर भएका २९ बर्षीय नबराज घलानलाई प्रहरीले पक्राउ गरेको छ।

दक्षिणकाली नगरपालिका स्थित प्रहरी चौकी चाल्नाखेल अगाडी प्रहरीले चेक जाँच गर्ने विहिबार राति मिनिटाटा चेकजाँच गर्दा अनुमती बिना २ हजार २ सय लिटर डिजेल ल्याएको अवस्थामा फेला परेको थियो।

निजले उक्त डिजेल भक्तपुर बागमती माता एण्ड फिक्स ईट्टा उद्योगलाई ल्याएको खुल्न आएको छ।

प्रकाशित: ११ मंसिर २०७२ ०२:४६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App