लेनदेनको बिषयमा छिमेकीको घरमा आगो लगाएको आरोपमा ओख्रे ३ बस्ने टंकबहादुर लिम्बुकी श्रीमती ४७ वर्र्षीया कान्छीमाया लिम्बूलाई प्रहरीले प्रक्राउ गरेको हो। मंगलबार राती आठ बजे घरका सबै मान्छे सुतिरहेको अवस्थामा कान्छीमायाले आगो लगाइदिएको पीडित परिवारले उजुरी गरेपछि उनलाई प्रहरीले पक्राउ गरेको हो । आगलागीबाट चन्द्रबहादुरको ३ तले फुसको छानो भएको घर र ग्वालीसमेत जलेर नष्ट भएको छ ।
आगलागीबाट घरमा भएको अन्तपात, लत्ताकपडा र नगद १६ हजार जल्दा करिब २ लाख ६६ हजार बराबरको क्षति भएको ओख्रे प्रहरी चौकीका असई बमबहादुर कोइरालाले जानकारी दिए। आगो लगाउने घटनामा संलग्न कान्छीमायालाई आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यलय बसन्तपुर लगिएको प्रहरीले जनाएको छ । आगलागीपछि घरबारबिहिन बनेका चन्द्रकुमारका श्रीमती र छोरा छोरीलाई स्थानीयले त्रिपाल उपलब्ध गराएपछि अहिले पीडित परिवार घर नजिकै पाल टाँगेर बसिरहेका छन् भने घरधनी चन्द्रबहादुर बैदेशिक रोगारीमा गएका छन् ।
कान्छीमायाले छिमेकी चन्द्रबहादुरलाई यसअघि दिएको ऋण नतिरेको भन्दै घरको बरण्डामा आगो लगाएको स्वीकार गरेको प्रहरी नायब उपरीक्षक सुदीपराज भण्डारीले बताए ।
प्रकाशित: ११ कार्तिक २०७२ २३:४२ बुधबार





