१३ पुस २०८२ आइतबार
image/svg+xml
अन्य

राजमार्ग र जङ्गल क्षेत्रमा सुरक्षाकर्मी परिचालन

गौशाला—बडादसैँ, तिहार र छठजस्ता चाडपर्वलाई मध्यनजर राखी महोत्तरीको पूर्व पश्चिम राजमार्ग र जङ्गली क्षेत्रमा व्यापकरुपमा सुरक्षाकर्मी परिचालन गरिएको छ।एकीकृत सुरक्षा योजनाअन्तर्गत पूर्व पश्चिम राजमार्ग र जङ्गली क्षेत्रमा लुटपाटका घटना नियन्त्रण गर्न महोत्तरीको रातुपुलदेखि सर्लाहीको सीमा क्षेत्रमा पर्ने बाँके नदीसम्म सशस्त्र र नेपाल प्रहरी परिचालन गरिएको हो।

महोत्तरीको राजमार्गमा पर्ने माईस्थान टुटेश्वर लक्ष्मीनियालगायत आठ ठाउँमा नियमित गस्तीका लागि प्रहरी परिचालन गरिएको इलाका प्रहरी कार्यालय बर्दिवासका प्रहरी नायब उपरीक्षक रमेश पण्डितले बताए।

उनका अनुसार चाडपर्वका बेला यात्रु लामो समय पर्खनुपर्ने तथा झन्झटिलो हुने भएकाले राजमार्ग क्षेत्रमा दिउँसो गर्दै आएका गाडीको स्कटिङ बन्द गरिएको छ र राति सवारीसाधनलाई जम्मा गरी स्कटिङ गरी जङ्गल पार गराउने कार्य जारी रहेको छ। रासस

प्रकाशित: ३ कार्तिक २०७२ २१:१८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App