भौतिक पूर्वाधारमन्त्री कुलमान घिसिङले निर्माणाधीन सेती पुलको निरीक्षण गरेका छन्।
मन्त्री घिसिङले आइतबार बिहान पोखरा–मुगलिङ्ग सडक खण्ड अन्तर्गत पर्ने निर्माणाधीन सेती पुलको निरीक्षण गरेका हुन्। पोखरा आवतजावतका क्रममा सवारीसाधन थुप्रिने साँघुरो बोटलनेकको रूपमा रहेको उक्त स्थानमा निर्माणाधीन पुलको भौतिक प्रगति ५४ प्रतिशत रहेको छ।
निरीक्षणका क्रममा मन्त्री घिसिङले पुल निर्माण कार्यलाई तीव्रता दिन निर्देशन दिएका छन्।
प्रकाशित: १३ पुस २०८२ १२:३८ आइतबार





