२६ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
कला/साहित्य

‘रात्री आकाश’ गजलसंग्रह लोकार्पण एवं वालिङ गजल उत्सव-२०८२ सम्पन्न

गजलकार गुरुप्रसाद ढकालको ‘रात्री आकाश’ गजलसङ्ग्रहको लोकार्पण एवं वालिङ गजल उत्सव- २०८२ सम्पन्न भएको छ।

स्याङ्जामा साहित्यिक पुनर्जागरणको सातौँ वर्ष प्रवेशको पूर्व सन्ध्यामा वैकल्पिक बाटो पृथक पाइला सिर्जनात्मक अभियान २०७६, स्याङ्जाको ३८ औँ पाइलाको रूपमा स्याङ्जाको साहित्यिक इतिहासमै ऐतिहासिक महत्त्वको विशेष अर्थ राख्ने आधुनिक नेपाली मौलिक गजल लेखन अभियान विशेष कार्यक्रमको रूपमा आयोजना गरिएको "रात्री आकाश" गजल कृति लोकार्पण एवम वालिङ गजल उत्सव- २०८२ सम्पन्न गरेकाे छ।

वालिङ-८, बि.पी. चोकस्थित शुभम पार्टी प्यालेसमा गजलकारकी आमा प्रेमकान्ति ढकालको अध्यक्षता र लाेकप्रिय गजलकार बाबु त्रिपाठीको प्रमुख आतिथ्यमा कार्यक्रम भएकाे हाे।

सीता गौडेल गैह्रे र राहुल शङ्करले लाेकार्पित कृतिकाे समीक्षात्मक मन्तव्य प्रस्तुत गरेका थिए।

गजलकार गुरुप्रसाद ढकालले गजलीय मन्तव्य प्रस्तुत गरेका थिए।

गजलकार  ढकाल जानकी माध्यमिक विद्यालय, गल्याङ- ९, अमिलाथुम, स्याङ्जामा शिक्षण पेशामा कार्यरत छन्। उनी आधुनिक नेपाली मौलिक गजल लेखन अभियानमा विशेष क्रियाशील छन्। ढकाल जगत्रदेवी साहित्य संगम, गल्याङका सह-सचिव हुन्।

हुमनाथ ढकालले  स्वागत मन्तव्य प्रस्तुत गरेका थिए।

वैकल्पिक बाटो पृथक पाइला सिर्जनात्मक अभियान २०७६, स्याङ्जाका संस्थापक संयोजक मिलन समीरले कार्यक्रमको संयोजन  गरेका थिए।

कार्यक्रमको दोस्रो चरण वालिङ गजल उत्सव- २०८२ अन्तर्गत दिलीप मगर, ध्रुवप्रसाद शर्मा पङ्गेनी, सिर्जना खनाल, पूजा रेग्मी, गजल यात्री ए.सी., सरस्वती अर्याल काफ्ले, नेत्र अधिकारी, लोकनाथ भण्डारी, प्रेमबन्धु सुवेदी, चण्डिकाप्रसाद भट्टराई, लक्ष्मीप्रसाद भण्डारी, अनिषा तिवारी, झवनाथ बस्याल, रेशमलाल डुम्रे, राजु गैह्रे, विनुप्रसाद पराजुली, देवराज गैह्रे, पारिश्वर न्यौपाने, शम्भु अर्याल, वसन्त खनाल, मित्रलाल गौतम, हिमालयजंग बानियाँ, नारायण न्यौपाने, ढालबहादुर के.सी., भोजकुमारी पाण्डे, लेखनाथ काफ्ले, डोलराज भण्डारी, डिल्लीराम भण्डारी, कुसुम भण्डारी लगायतले सिर्जना प्रस्तुत गरेका थिए।

समारोहमा गजलकारकी आमा प्रेमकान्ति ढकाल, गजलकारकी अर्धाङ्गिनी कमला गैह्रे ढकालका बुबाआमा, बाबू त्रिपाठी, "रात्री आकाश" गजल कृतिका सम्पादक मिलन समीर लगायतलाई दोसल्ला ओढाएर मायाको चिनोसहित सम्मान गरिएको थियो।

प्रकाशित: १३ पुस २०८२ १२:३२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App