१४ पुस २०८२ सोमबार
image/svg+xml
अन्य

बालिका बलात्कार गर्ने युवकलाई सात वर्ष कैद

इलाम-चौध वर्षीया एक बालिकालाई बलात्कार गरेको आरोपमा बरबोटे गाविस–३ का ३४ वर्षीय वीरेन लिम्बूलाई जिल्ला अदालत इलामले शुक्रबार सात वर्ष कैद सजायको फैसला सुनाएको छ।जिल्ला न्यायाधीश नवराज दाहालको इजलासले जबर्जस्ती करणी ऐनको ३ (३) नम्बर बमोजिम कसुर ठहर गर्दै सोही महलको सोही नम्बर बमोजिम लिम्बूलाई सात वर्ष कैदको फैसला गरेको हो । लिम्बूलाई जबर्जस्ती करणी ऐनअन्तर्गतको १० नम्बरबमोजिम पीडितलाई रु ५० हजार क्षतिपूर्ति भराउन आदेशसमेत दिएको अदालतका श्रेस्तेदार जगदीश्वर भट्टराईले जानकारी दिए।

लिम्बूले गत साउन २८ गते बेलुका ती बालिकालाई बलात्कार गरेको भन्दै पीडितका आफन्तले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । रासस

प्रकाशित: २२ आश्विन २०७२ २१:५३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App