बंगलादेश प्रिमियर लिग (बीपीएल)मा नेपालका स्टार खेलाडी सन्दीप लामिछाने सम्मिलित टोली राजशाही वारियर्सले तेस्रो खेल नोआखाली एक्स प्रेससँग खेल्दै छ।
सोमबार खेल बंगलादेशस्थित सिलहट अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा बेलुका ५:४५ बजेदेखि सुरु हुनेछ। यसअघि राजशाहीले खेलेको दुई खेलमा एकमा जित र अर्कोमा हार बेहोरेको थियो।
बीपीएलको उद्घाटन खेलमा टाइटन्सलाई ८ विकेटले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुआत गरेको थियो। त्यस खेलमा सन्दीपले २ विकेट लिएका थिए।
दोस्रो खेलमा भने राजशाहीले ढाका क्यापिटल्ससँग पराजित भएको थियो। उक्त खेलमा सन्दीपले १ विकेट लिएका थिए।
प्रकाशित: १४ पुस २०८२ १३:४४ सोमबार





